बालविवाह न्यूनीकरण सम्बन्धी कानुनी प्रशिक्षण


लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाँचोकगढि नगरपालिका वडा नं ६ स्थित, आदिवासी जनजाती महिला उत्थान केन्द्रद्वारा सन्चालित बालविवाह न्यूनीकरण सम्बन्धी जिल्ला समन्वय समितिको उपप्रमुख बालकुमारी सापकोटाको प्रमुख आतिथ्यमा १ दिने कानुनी प्रशिक्षण कार्यक्रम सम्मपन्न भएको छ । कार्यक्रमको प्रशिक्षण कानुनी अधिवतmा भुपेन्द्र बहादुर थिङ तामाङले दिनुभएको हो । चौसागढि वडा नं ६ को १४ देखि २३ वर्ष सम्मका पिपल डाँडाको गाँैराती, गिताने, तल्लो झयाडीका किशोर किशोरीहरु र कम उमेरमा विवाह भएकाहरुको लागि निकै चासोको विषय रहेको थियो  ।

बालविवाह न्यूनीकरण रोकथाम गर्न यस अघि पनि चौसागढि नपाका विभिन्न वडाहरुमा तथा विद्यालय क्षेत्रलाई लक्षित गरी पनि बालविवाह न्यूनीकण सम्बन्धी २५ देखी ३० सम्मका उमेर समुहलाई समुह निमार्ण गरी हरितालिका तिजको अवसरमा सन्देश मुलक सडक नाटक, अभिमुखीकरण, काउन्सिलिङ, रेडियो मार्फत, बाल दिवसको अवसरमा ¥याली जस्ता कार्यक्रमहरु गर्दै आएको र भोलिका दिनहरुमा पनि बालविवाह न्यूनीकरण सम्बन्धी रेडियो कार्यक्रम, घरदैलो अभियान, २० वर्ष मुनिका किशोर किशोरीहरुको तथ्याङक संकलन, बालविवाह न्यूनीकरण सम्बन्धी वक्तृत्वकला, कविता वाचन, खुल्ला नृत्य प्रतियोगिता जस्ता कार्यक्रमहरुहरुलाई लक्षित गर्ने र आगामी दिनहरु दुर्गम क्षेत्रहरुमा अभियान नछुटाउने आदिवासी जनजाती महिला उत्थान केन्द्रकी कार्यवाहक अध्यक्ष्य पानमाया तामाङले बताउनु भयो । त्यस्तै गरी बालबालिकाका भविष्यलाई सशक्तm बनाउन असल, सबल दक्ष जनशतिm निमार्ण गर्न अभिभावक, स्थानीय निकाय र उनीहरुको मानसिक, शारिरिक, बौद्धिक, मनोेवैज्ञानिक क्षमता विकास नै देशको विकास हो, यसको असर राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सामुदायिक विकासको निमित्त स्वयंम् अविभावक र स्थानीय सरकार निकै जिम्मेवारी रहेका र लक्षित वर्गको बजेटको कार्यक्रमहरु सम्बन्धी वर्गले गर्दा अझ जिम्मेवार बढ्ने र अझ सशक्त हुने आदिवासी जनजाती महिला महांसघ सम्माननिय परिषद् नगरका अध्यक्ष्य शान्ति थिङले प्रस्ट्याउन भयो ।सो कार्यक्रम किशोर किशोरी तथा अभिभावकहरुको सव्य र भव्य सहभागी रहेको थियो । कार्यक्रमको सन्चालन गोमा केसीले गर्नु भएको थियो ।

, , ,