हरेक महिलाले लाज नमानी रोग बताउनुपर्ने ः पराजुली

लोकप्रिय समाचार
हरेक महिलाहरुले आफुले पाएको अधिकार प्रयोग गर्न पर्ने खास गरी महिलाहरुले आफुलाई लाग्ने गरेको स्तन रोग र पाठेघरको रोग लागेता पनि विभिन्न कारणले अरुलाई नभन्ने गरेको कारण पनि महिलाहरु पुरुष भन्दा बढी रोगी भएको चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले बताउनु भएको छ । उँहाले महिलाहरुलाई लागेको रोग लाजका कारण पनि महिलाहरुले डाक्टरलाई  नभन्ने र भनिहाले पनि उपचारमा पछी पर्ने भएकाले पनि यो रोग बढी देखिएको बताउनु भयो ।

उँहाले हरेक महिलाहरुले सरसफाइमा ध्यान दिन पर्ने, आफुलाई लागेको रोगका बारेमा लाज नमानी समस्या बताउन पर्ने बताउनु भयो । चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा जल्केनी स्वास्थ्य कार्यालयमा भएको निःशुल्क स्तन तथा पाठेघरको रोग परिक्षण शिविरको उद्घाटन गर्दै उँहाले यस्तो बताउनु भएको हो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १० का वडाअध्यक्ष बेल बहादुर महतले चौतारा साँगाचोकगढी नगरपालिकाकाले भिआइए परिक्षणबाट १० वर्ष पछी लाग्न सक्ने महिलाहरुको पाठेघरमा लाग्ने रोगको क्यान्सरका लक्षण देखा पर्ने भएकोले  त्यस रोगको  रोकथाम गर्न सकिने हुँदा यो सेवा अत्ति उपयुक्त भएको बताउनु भयो ।  असोज ११ गते जल्केनीमा र १२ गते चौतारामा भएको कार्यक्रम मध्य जल्केनीमा १२२ जना र  चौतारामा १७६ जना ले सेवा लिएका थिए । त्यस मध्य जल्केनीमा २ जनाको  र चोैतारामा ५ जनामा भिआइए पोजेटिभ देखिएको र पाठेघर खसेको पुरै शल्यक्रिया गर्न पर्ने जल्केनीमा ४ जना चौतारामा ७ जना गरि जम्मा ११ जनालाई पुरै शल्यक्रिया गर्न पर्ने अरु लाई रिङ्ग केशरी सहित सामान्य उपचार गरिएको चौतारा साँगाचोक गढी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख शिव पुरीले जानकारी दिनु भयो ।

, ,
Lokpriyasama[email protected] Powered by Blogger.