बाढी पहिरोका कारण जुगलमा क्षेती .


लोकप्रिय समाचार  यही भाद्र १३र १४ गते राती परेको अविरल वर्षाको कारण सिन्धुपाल्चोक जिल्ला  जुगल गाउँपालीका वडा नं. २ निम्नुङ बस्ने  छोदोर्जे तामाङको ढुङ्गा माटोले बनेको जस्ताको छानो भएको २ तले कच्ची घर पछाडीको बारीको ढिस्को भत्की पुरेको छ । ढिस्कोले  पुर्दा घर पछाडीको भाग पुर्ण क्षती भएको छ भने  अन्य मानविय चौपाय क्षेती नभएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक माधब प्रसाद काफ्लेले जानकारी दिनु भएको छ । उँहाका अनुसार सोही बर्षाको कारण सोही स्थान बस्ने  चन्द्र बहादुर तामाङको ढुङगा माटोले बनेको जस्ताको छानो भएको १ तले कच्ची घर भित्र बाढी पसी  अन्नपात, लत्ताकपडा र १० वटा कुखुरा बगाएको भन्ने घटना सम्बन्धमा प्रहरी अधिकृत सहितको टोली प्रकोपस्थलमा खटि गई प्रकोपस्थलको अवलोकन गरी थप ब्यवस्थापन गर्ने कार्य  गरिरहेको छ ।  यसै गरि बाह्रबिसे न.पा.वडा नं. ४ स्थित पुरानो बजारमा  राती परेको अबिरल बर्षाको कारण सोही स्थान निबासी  मिन प्रसाद श्रेष्ठको घर अगाडी भोटेकोशी नदीमा बाढी आई बाढिले घरको आगन कटान गरी उक्त घर समेत जोखिममा रहेको घटना सम्बन्धमा प्रहरी अधिकृत सहितको टोली प्रकोपस्थलमा खटि गई प्रकोपस्थलको अवलोकन गरी वडा नं. ४ का वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ शसस्त्र प्रहरी ,  र स्थानिय बासीको सहयोगमा बाढिले कटान गरेको आगनमा तारजाली भरी व्यवस्थापन गरेको, थप ब्यवस्थापन गर्ने कार्य जारी रहेको बताउँदै काफ्लेले कुनै पनी स्थानमा कुनै पनी घटना घटेमा तत्काल०११६२०१०८वा ९८५१२८४२८१मा सम्पर्क गरेर जानकारी गराउँन समेत अनुरोध गर्नु भएको छ ।


, ,