क्रसर उद्योगले दोहोरो समस्या


रूपक पुरी
लोकप्रिय समाचार
ईन्द्रावति र सुनकोसी नदिमा खोलिएका क्रसर उद्योगहरूले दोहोरो समस्या  निम्त्याएका छन् । दुई  दर्जनको हाराहारिमा खोलिएका क्रसरहरूले एकातिर नदिलाई दुषित वनाईरहेका छन् भने अर्कोतिर नदिको बगरमा रहेका ढुङ्गा , बालुवा तथा रोडालाई अनाधिकृत रूपमा उठाउने कार्यले नदिको वास्तविक रूपलाई नै नष्ट पारिरहेको छ ।

ईन्द्रावति नदिबाट अहिलेकै अवस्थामा रोडा तथा वालुवा झिक्ने काम भयो भने आगामि १० वर्षमा ईन्द्रावति नदिनै अस्तित्वविहिन वन्ने ईन्द्रावति गाउँपालिका १२ भिमटारका हर्क वहादुर दनुवार वताउनुहुन्छ ।
क्रसर उद्योगका कारण एकातिर भौतिक सामग्री नष्ट हुने क्रम जारि छ भने अर्कोतिर वातावरणलाई प्रदुषित पारेको छ । क्रसर उद्योग  नजिक रहेका खेतीयोग्य फाँटहरूमा उत्पादन घट्न थालेको भिमटारका रामशरण दनुवार वताउनुहुन्छ । क्रसर उद्योगले अनाधिकृत रूपमा गिट्टी , वालुवा झिक्दा ईन्द्रावति नदि गहिरिने क्रममा तिव्रता आएको छ । क्रसर उद्योगका कारण सिपाघाटको पक्कि पुलसमेत जोखिममा परेको छ । पुलको जग ५ मिटर गाडेको भएपनि अहिले खोलो भाषिएर एक मिटर मात्रै  बाँकि रहेको स्थानिय वताउँछन्  । सिपाघाटमा खोलिएका क्रसरहरूले चौतर्फि असर पारिरहेको अबस्थामा क्रसरहरू बन्द गर्नुको सट्टा धमाधम नयाँ  खोलिदैछन् ।
सिपाघाटमा खोलिएका क्रसर उद्योगमा उत्पादन भएका निर्माण सामग्रीको अत्याधिक भार बोकेका ट्रिपरले हेलम्बु सडकलाई क्षतविक्षत वनाएको छ । क्रसर उद्योगमा उत्पादन भएका निर्माण सामग्रीले हेलम्बु राजमार्ग मात्रै  होईन अरनिको राजमार्गको सडकखण्डमा समेत असर पारेको छ । यसको प्रत्यक्ष असर जिरोकिलोदेखि काठमाडौंसम्मको देव्रेपट्टिको सडक भासिएको छ । क्रसर उद्योगका ट्रिपरले न्युनतम २० टनदेखि २५ टनसम्म वोक्ने गरेका छन्

, ,