स्वास्थ्यकार्यलयले मनायो परिवारयोजना दिबस
लोकप्रियसमाचार किसोर किसोरी को सहभागिता परिवार योजनाको सुनिश्चिता भन्ने मुल नाराका साथ देशै भरि परिबारनियोजन दिबस मनाइएको छ ।
स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकको आयोजनामा भएको कार्यक्रमका बारेमा प्रकाश पार्दै स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गा दत्त चापागाइले परिवार योजना भनेको कति सन्तान बनाउने , कसरी कति कति अन्तरालमा पाउने कसरी परिबारलाइ
सुरक्षित र निरोगि बनाउने कन्ने बिषमा प्रकाश पार्दै परीवारयोजनाको अस्थाइ साधनका प्रयोगका बारेमा जानकारी गराइएको थियो ।
स्वास्थय कार्यलय पब्लीक हेल्थ नर्सअञ्जना खड्काले सञ्चालन गर्नु भएको कार्यक्रमको सभापतिको आशन बाट बोल्दै क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दङ्गालले किशोर किशोरी हरुलाइ लक्षीत गरि स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकले यस्तो कार्यक्रम गरेकोमा बिशेष धन्यबाद दिदै आगामी दिनमा पनी यसको निरन्तरमा जोड दिनु भयो । कार्यक्रममा सुहारा का कार्यक्रम संयोजक मनोज मिश्रको नेतृत्वमा गएको बिर बहादुर बोहोरा र रेजिना सुडालले परिबार योजनका बारेमा प्रयोगात्मक सामाग्रकिा साथै सुनौलो हजार दिन का बारेमा जानकारी गराउँदै कम्तीमा पनी ३३महीनाको अन्तरालमा बच्चा जन्माउन पर्ने लगाएतका बिषयमा ज्ञानबद्र्धक कार्यक्रम हरु प्रस्तुत गर्नू भएको थियो ।
छैठौ परिवारयोजना दिबशकै अबशरमा रेडियो लोकप्रियनेत्रज्योती सँग कुराकानी गर्दै स्वास्थ्य प्रमुख चापाइले सिन्धुपाल्चोक जिल्लाका हरेक नागरिकलेस्वास्थय सेवा पाउँन भन्नका लागी १२वटै स्थानीय सरकार मार्फत सबै वडाका बिकट गाउँका नागरिकलाइ स्वास्थ्य सेवा पुर्याउँनका लागी उक्त क्षेत्रलाइ बिशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउँन् भयो ।