संस्कृती र परम्परालाइ जगेर्ना गर्दै दोलालघाटका संघ सस्था


 एकराज श्रेष्ठ
दुलालेश्वर वातावरणिय तथा समाज सेवा क्लवले  तिज बिशेष कार्यक्रम गरेको छ । महीलाहरुको बिषेश चाडको रुपमा  रहेको तिज कार्यक्रम भब्य र सभ्य रुपमा सोमबार दोलालघाटमासम्पन्न भएको छ ।

राजा हिमालयले माता पार्वतीलाइ बिष्णु भगवान संग कन्यादान गर्न थाले पछि सानै देखि नै  श्रीमहादेवलाइ नै स्वामीको रुपमा   पाउने इच्छा भंग हुने भए पछि जंगलमा गइ १०७ बर्ष सम्म तपश्या गर्दा पनि आफ्नो फल नपाएकोले   १०८ औ बर्षमा शिवलिंग थापना गरि  निर्जल,निराहार ब्रत बसे पश्चात महादेव प्रकट भइ चिताएको कुरा पुरा होस भनि बर्दान दिए पछि पार्वतीले महादेव पति पाएको  बिभिन्न शास्त्रमा उल्लेखित भएको पाइन्छ । सोही   अनुसार पार्वतीले महादेव पति पाएको दिनलाइ नै हिन्दुधर्मावलम्बी नारीहरुले हरितालिका तिजको रुपमा मनाउदै आएको जनबिश्वास छ।त्यसैले यस दिन बिवाहित नारीलेले आफ्नो पतिको दिर्घायु आयु र अबिवाहित नारीले राम्रो पतिको कामना गर्दै निराहार, निर्जल ब्रर्त बसि शिवजीका मन्दिरहरुमा गइ आ(आफ्नो मनोकांक्षा सहित पुजा आराधना गर्ने र पुजा पश्चात सम्पुर्ण दुख पिडालाइ बिर्सेर नाचगान गरि रमाइलो  गर्ने  चलन रहेको छ ।
सायद यीनै किवदन्ती अनुसार हिन्दु सस्कृतीलाइ कायम राख्ने परम्परामा काभ्रे ,भुम्लु  गा पा वडा न ८ दोलालघाटको त्रिवेणीघाटमा अवस्थित दुलालेश्वर महादेवको  मन्दिरमा पनि रहेको हुनु पर्छ। यहा अन्य पर्व संगै हरेक तिजको दिनमा आसपासका जिल्ला लगायतका गाउ गाउबाट हजारौ नारीहरु  अघिल्लो दिन परम्परागत बिधी पुरा गरि पुजा आराधना  गरी नाच गान गर्न आउने गर्दछन। यीनै पर्वको  मौलिकतालाइ झल्काउन नया रुप दिदै दोलाघाट आसपासका संघ सस्थाहरु संग सहकार्य गर्दै बिगत केहि बर्ष अघि देखि संचालनमा ल्याएको तिज बिशेष कार्यक्रमलाइ  यस बर्ष पनि   दुलालेश्वर वातावरणिय तथा समाज सेवा क्लवले  तिज बिशेष कार्यक्रम २०७६ दोलालघाट गरेको छ।  प्रदेश ३ का माननिय सांसद गोमा भुर्तेलको प्रमुख आतिथ्यतामा  सोमबार तिज बिषेश  कार्यक्रम सम्पपन्न भएको छ । प्रदेश न ३ कै माननिय सांसद लक्ष्मण लम्साल,पुर्व श्रमराज्य मन्त्रि गोबिन्दनाथ उप्रेती,गाउपालिका बिशिष्ट प्रतिनिधीहरुको बिशेष अतिथ्यतामा कायक्रम समापन भएको हो ।



स्थानिय संघ सस्थाका प्रतिनिधीहरुको अतिथी रहेको उक्त कार्यक्रमका सभापतित्व क्लवका  अध्यक्ष अष्ट बहादुर श्रेष्ठले गर्नु भएको थियो। सदिक्षा स्यांताङ्ग बाट संचालित उक्त कार्यक्रममा संगितमयधुनबाट नाचगान ,जादु तथा हास्यकलाकारहरुको बिशेष प्रस्तृतीका साथ मनोरञ्जन गराएका थिए। त्यस्तै दुलालेश्वर महादेव स्थान सुधार तथा संरक्षण समितीले पनि  आफ्नै आयोजनामा मिती२०७६÷५÷६ गते कृष्ण जन्माष्टी दिन कन्यापुजा समेत सम्पन्न गरेको थियो ।एकसय चौसठ्ठी जना कन्याहरुलाइ अधिकांस धर्मावलम्वीहरुबाट पुजा गरि कार्यक्रम सम्पन्न गराएको  थियो। समितीका अध्यक्ष कृष्ण बहादुर कक्षपतीले अघिल्लो बर्ष गत बर्षका अवस्थालाइ मध्य नजर गर्दै यस बर्ष मन्दिर ब्यवस्थापनको निमित कम्तिमा दैनिक एक रुपैयाको दरले बार्षिक तिनसय पैसठ्ठी वा स्वइच्छा सो भन्दा बढि दान गर्ने दानविरहरुको संख्या एकाउन्न जना पुर्याउने लक्ष्य लिए अनुसार यस बर्ष  सो संख्यामा  अन्ठानब्बे जना झन्दै  दुइ गुणा पुगेकोमा खुशि ब्यक्त गर्नु भएको थियो यस अभियानलाइ निरन्तरता दिदै अझ संख्यात्मक रुपमा पुर्याउने लक्ष्य लिएका छन समितीका पदाधिकारी एंव स्थानियहरु।  अव यस समितीलाइ कानुनी रुपमा जन्म दिइ मन्दिर ब्यवस्थापन  एंव ओझेल रहेका परम्परालाइ बिउत्याउने र अलौकिक शक्ती रहेको  मन्दिरको ब्यवस्थापनमा लागी हातेमालो गर्दैै छन  स्थानियहरु।आशा गरौ स्थानिय संस्था , स्थानिय राजनेता तथा स्थानियहरुको हातोमालेले ओझेलमा पुग्न आटेको हिजोको पर्यटकिय नगर दोलालघाट ले पक्कै मुर्तरुप पाउला की?

, , , ,