लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम चौतारामा नेपाल कम्युनिष्ट पार्टीले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । चियापान कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवम् स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले जनताले सामाजिक न्याय सहितको समृद्ध नेपाल बनाउन नेकपालाई दिएको जिम्मेवारी पूरा गर्न पर्ने एउटै मात्र काम बाँकी रहेकाले यो जिम्मेवारी पुरा गर्न सबै लागी पर्नुपर्ने बताउनु भयो । उँहाले विजया दशमी, दीपावली, नेपाल सम्वत्, छठ तथा ल्होसार पर्वको पावन अवसरमा शुभकामना दिदै राजनीति र संघर्ष सत्तामा पुग्न मात्रै नभई स्थानीय जनताले प्रत्यक्ष विकासको अनुभूत गर्न पाउने भए पछी मात्र कम्युनिष्टले राज्य संञ्चालन गरेको प्रत्याभुती हुने बताउनु भयो । उँहाले ‘हामी समाजवाद उन्मूख समावेशी लोकतन्त्रको चरणमा छौं’, ‘तसर्थ अब अरुलाई दोष दिने ठाँउ छैन जनताले नेकपालाई एउटा जिम्मेवारी दिएको छ, जनताहरुले पनि प्रत्यक्ष अनुभूत गर्न पाउने गरी जनप्रतिनीधीहरुले विकासको काम गर्नुपर्छ भन्नु हुँदै समावेशी आर्थिक विकास, समाजिक विकास, समाजवाद उन्मूख विकास, नविनतम विकासको प्रयोग, वातावरणमैत्री विकास, दिगो विकास र नयाँ मूल्य मान्यता सहितको विकासबाट मात्रै समृद्ध नेपाल सम्भव रहेको छ’, भन्नु भयो । श्रेष्ठले कार्यक्रममा बोल्दै संविधानले दिएको मैलिक अधिकारलाई कम्युनिष्ट सरकारले कानुन बनाई लागु गरिसकेको, संघीयताको कार्यान्वयन, कर्मचारी व्यवस्थापन, विदेशी हस्तक्षेपको अन्त्य लगायतको महत्वपूर्ण काम पूरा गरिएको उल्लेख गर्नु भयो । उँहाले सरकारलाई हर हालतमा सफल बनाउन सम्पूर्ण नेपालीहरु एकजुट भई लाग्नुपर्ने जनाउँदै आसन्न चाडपर्वहरुले हरेक नेपालीलाई एकता सूत्रमा बाँध्ने विश्वास व्यक्त गर्नु भयो । विजया दशमी, दीपावली, नेपाल सम्वत छठ तथा ल्होसार पर्वको पावन अवसरमा शुभकामना दिदै पुर्व मन्त्री माननीय शेर बहादुर तामाङ्गले हरेक मानिसहरको आआफ्नै धर्म सस्ंकार हुन्छ । केही मानिसहरुले आफ्नो मात्र पहिचान दिन खोजेका हुन्छन तर नबुझेर नजानेर गरिने व्यवहारका पछाडी लाग्नु हुँदेन भन्नु हुँदै विदेशमा रहेका नेपालीहरुका आफन्तहरु समेत ले विशेष खर्च गरेर मेल मिलाप आफन्त जनमा भेटघाट गरेर सँगै बसेर मनाउने चाडवाडको रुपमा यो विजया दशमी अरु भन्दा ठुलो चाड भएकाले यसै दिन देखि अझ सदभाव र आफन्तको नजिकिने अवसर भएको बताउनु भयो । पुर्व मन्त्री तथा माननीय अग्नी प्रसाद सापकोटाले विजया दशमी, दीपावली, नेपाल सम्वत छठ तथा ल्होसार पर्वको पावन अवसरमा शुभकामना दिदै कुनै पनि व्यक्ति समाज र कार्यालय योजना विना हिडेको अवस्थामा असफल हुने बताउनु भयो । उँहाले गाँउमा बजेट मात्र धेरै दिएर उपलब्धी खाज्न भन्दा आएको बजेटको योजना बनाएर स्थायित्व हुने काम गर्न पर्ने त्यसका लागी दिर्घकालीन योजना बनाएर अगाडी बढ्न पर्ने बताउनु भयो । विजया दशमी, दीपावली, नेपाल सम्वत छठ तथा ल्होसार पर्वको पावन अवसरमा शुभकामना दिँदै नेकपाका जिल्ला इन्चार्ज कृष्ण प्रसाद सापकोटा देशबन्धुले जनताको चाहना बमोजिम काम गरेर नागरिकलाई समृद्ध नेपाल निर्माणमा सबै लागी पर्न पर्ने बताउनु भयो । विजया दशमी, दीपावली, नेपाल सम्वत छठ तथा ल्होसार पर्वको पावन अवसरमा शुभकामना दिदै नेपाली काँग्रेसका जिल्ला पार्टी सचिव बिल बहादुर तामाड्गले विपी कोइरालले ल्याएको मेलमिलापको निती अनुसार नेपाली काँग्रेसले कोजागत पुर्णिमाका दिन गर्दे आएको चियापान कार्यक्रम यस वर्ष पनि गरिने बताउँदै सबैले यसरी चियापानको आयोजना गरी एक अर्कामा शुभकामना आदान प्रदान गरेर मेलमिलापको वातावरणको श्रृजना गर्न लागेको बताउनु भयो । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङ्गले विजय दशमी, दीपावली, नेपाल सम्वत छठ तथा ल्होसार पर्वको पावन अवसरमा शुभकामना दिनु हुँदै चाडवाडका समयमा रमाइलो गर्ने नाममा झै–झगडा विवाद नगर्न आग्रह गर्दै कोही पनि नागरिकले मुद्धामामलामा खेप्न नपरोस् भन्नु भयो र उँहाले मादक पदार्थ सेवन गरेर झै –झगडा गर्ने समाजमा अशान्ति मच्चाउने खालका कामहरु कसैबाट पनि गर्न नहुने बताउँदै बाँधेर राखेको ककुरलाई एक्कासी छोडीदिदाँ मानिसलाई टोक्ने झम्टने हुन सक्छ । त्यसै गरी छोपेर बनाएको कोदोको रक्सी खाने मानिसले पनि त्यस्तै गर्न सक्ने भएकाले यसतर्फ ध्यान दिएर मादक पदार्थ सेवन गर्दे नगर्न नागरिकहरुलाई आग्रह गर्नु भयो । उँहाले बन्द बिर्कोमा रहेको मादक पदार्थ र छोपेर बनाएको कोदोको रक्सी बिर्काे कसेर राखेको जर्किनबाट झिकेर खाइसकेपछी केही मानिसले पनि त्यस्तो व्यवहार देखाउने भएकाले छोपेर राखेको मादक पदार्थ र बाँधेर राखेको कुकुर जस्तो नहोस् भन्नुभयो । नेकपाका जिल्ला अध्यक्ष झम्क नेपालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन पार्टी सचिव दावा तामाडगले गर्नु भएको थियो । कार्यक्रममा जिल्लाका पाँचपोखरी थाम्पाल गाँउपालिकाका प्रमुख टासी लामा, बलेफी गाउँपालिकाका प्रमुख केदार क्षेत्री, जुगल गाँउपालिकाका प्रमुख होमनारायण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
अरुलाई दोष दिने ठाउँ छैन, जनताको लागि विकासको स्थायित्व चाहिन्छः श्रेष्ठ
[email protected] Powered by Blogger.
