मेलम्ची आयोजनामा झडप अश्रुग्याँस प्रहार, २ घाइते


रुपक पुरी
लोकप्रिय समाचार
मेलम्ची  खानेपानी आयोजनाको काम छाडेको निर्माण कम्पनी सियमसिवाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने  भन्दै मेलम्चीमा धर्ना कार्यक्रम गरिरहेका आन्दोलनकारि र प्रहरीबिच अम्वाथानमा झडप भएको  छ । झडप हुँदा पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक मणिराम लामिछानेले बताउनुभयो ।

आन्दोलनकारिले मेलम्ची  आयोजनाको सवारी साधनमा ढुंगा प्रहार गरेपछि अश्रुग्यास प्रहार गरेको लामिछानेले बताउनुभयो । झडपमा परि आन्दोलनकारितर्फ दुई जना घाइते भएका छन् । घाइते  हुनेमा बालमुकुन्द अधिकारी र उमेश चौधरी रहेका छन् ।
 समिति बनाएर स्थानीय मजदुर, सहायक निर्माण कम्पनी  र सप्लायर्सले वुधवारवाट अनिश्चितकालीन रूपमा  मेलम्ची खानेपानी कार्यालयमा धर्ना बसिरहेका छन् ।
गत साता समितिले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सात दिने अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाएका थिए ।
गत असारमा जिल्ला प्रशासन कार्यालय सहित जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङको सम्योजकत्वमा कार्यदलले प्रतिवेदन बुझाएको थियो । समाधान गर्छौ भन्ने प्रतिवद्दता सरकारले गरेपनि हालसम्म कार्यान्वयन नभएकोले आन्दोलन गर्नुपरेको समितिका सँयोजक विष्णुमणि आचार्यले जानकारी  गराउनुभयो ।
मेलम्ची खानेपानी विकास समितिले भने सियमसिसँग उनिहरुको कारोवार भएकोले सरकारले सिधै भुक्तानी गर्न नमिल्ने बताउँदै आएको छ।

, ,