काँग्रेसको राष्ट्र्यि जागरण अभियान शुरु
लोकप्रिय समाचारनेपाली काँग्रेसले १०६ओ बिपी जयन्ती राष्टीयजनजागरण अभियानको दोश्रो कार्यक्रमको शुभारम्भ सहित बुक्षरोपण गरेर मनाएको छ ।
सिन्धुपाल्चोकमा बारबिसेको को कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य महोनबहादुर बस्नेतले जँहा काँग्रेस त्यँहा बिकाश भन्दै काग्रेसले जनताको आबश्यकता अनुसार काम गर्ने कम्युनीष्टले जस्तो भाषण मात्र नगर्ने बताउानु भयो ।
उँहाले कम्युनीष्ट शासनमा स्वतान्त्रता नहुने हरेक काममा आफ्नो नियन्त्रण कायम राख्ने भएकै कारण बिश्वबाट लोप हुँदै गएको कम्युनिष्टलाइ नेपाली जनताले सुध्रने मौका दिएका थिए त्यो पनी जनबिरोधी काम गरेर बिश्वास गुमाएको बताउँनु भयो ।
त्यस्तै मेलम्चीमा आयोजीत कार्यक्रममा जिल्ला पार्टी सभापती बिकाश लामाले काँग्रेस जे काम गर्ने हो त्यही मात्र बोल्ने र झुटो नबोल्ने भएकाले जनतालाइ भ्रममा पार्न नचाहेर अहिले प्रतिपक्षमा बस्न परेको बताउँदै अब जनताले सबै पार्टीको मुल्याङ्कन गरिसकेको हुँदा आगामी निर्बाचनमा काँग्रेसलाइ जनताले साथ दिने बताउँनु भयो ।
त्यसै गरी चौतारामा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधी उत्तम आचार्यले काँग्रेसले सच्चा र इमान्दारिता गरेकै कारण हरेक परिबर्तमा काँग्रेसले नेतृत्व गर्न परेको र काँग्रेसले गरेका हरेक कामहरु जनताका लागी सफलता हुँदै गएकाले पनी काँग्रेसको आफ्नै इतीहास रहेको बताउँनु हुँदै बिपीको मार्गमा कााग्रेसका सबै नेता कार्यकर्ता हिड्न पर्ने र आजै देखी केही कसै सँग कुनै मनमोटाब भए त्यागेर मेलमिलापको बाटोमा एक ढिक्का भएर काँगे्रसका नेता कार्यकर्ता अगाढी बढ्न पर्ने बताउँनु भयो ।
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत रहेको चौतारासाँगाचोकगढीनगरपालीकामा टङ्क कार्कीको सभपतीत्वमा टेलीकमको मुनी रहेको जग्गामा १०६वटा फलफुल तथा बिभिन्न जातका बिरुवाहरु रोपेर राष्ट्रीय जागरण अभियान शुरु भएको हो ।