७२ जानाको निःशुल्क आँखाको शल्यक्रिया


लोकप्रिय समाचार
सिन्धुपाल्चोकको चौतारामा असोज ६ र ७ गते सञ्चालित निःशुल्क शल्यक्रिया शिविरमा ७२ जनाको शल्यक्रिया गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखा तथा जिल्ला सामुदायिक आँखा केन्द्रको समन्वय तथा रेडक्रसको चौतारा उपशाखाको स्थानीय आयोजना र जनता बैङ्कको आर्थिक सहयोगमा शल्यक्रिया सम्पन्न भएको हो। शिविरमा ३ सय २१ जनाको आँखा परीक्षण गरिएको थियो भने त्यस मध्ये ७० जनाको मोतिबिन्दुका प्रभावितको शल्यक्रिया गरिएको थियो भने २ जानको भने आँखामा पलाएको मासुको शल्यक्रिया गरिएको हो ।

शल्यक्रिया भन्दा पहिले जिल्लाका विभिन्न ८ स्थानका छनोट शिविर सञ्चालन पछि त्यस स्थानबाट छनोट भएका बिरामीहरुलाई चौतारामा शल्यक्रिया शिविर सञ्चालन गरिएको थियो । शल्यक्रिया पछि आफ्नो बन्द भएको आँखा देख्न पाएको भन्दै कालिकाका लाल कुमारी कार्कीले खुसी व्यक्त गर्नु भयो । ९ वर्ष देखि आँखामा धमिलोपन आएसंगै देख्न समस्या भैरहेको थियो ।

अहिले शल्यक्रिया पछि फेरी पनि राम्रो सँग पुन संसार देख्न पाएको कार्कीले बताउनुभयो । त्यसै गरी शल्यक्रियापछी आँखा परीक्षणका लागी पट्टी खोल्ने बित्तिकै कालीकाका वर्ष ७३ कातञ्जेन तामाङले भने मैले १० वर्ष पहिले देखेको संसार भन्दा फेरिएको रहेछ। मैले पहिले देख्दा पुराना घर थियो । ती सबै घर त अहिले नयाँ बनेछन् । विकास पनि नयाँ ढङगबाट भएका रहेछन् । फेरी पनि यो संसार हेर्न पाउँदा साह्रै रमाइलो लागेको छ । नेपाल रेडक्रसले अहिले सम्म निःशुल्क रुपमा जिल्लाका ४ हजार भन्दा बढी व्यक्तिको आँखाको शल्यक्रिया सम्पन्न गरी सकेको नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका मन्त्रि कमलचरण कक्षपतीले जानकारी दिनुभयो ।

, ,