लोप हुँदैछ बख्खु


रूपक पुरी
लोकप्रिय समाचार
उच्च पहाडी भेगका तामाङ, शेर्पाहरूको सांंस्कृतिक भेषभुषाको रूपमा चिनिने बख्खु पछिल्लो समयमा लोप हुँदै  गइरहेको छ । सिन्धुपाल्चोकको हिमाली गाउँ पालिका पाँचपोखरी थाङपालको गुन्सा र भोताङमा मात्रै पाईने बख्खु अहिले यहाँ पनि देख्न मुस्किल छ । यहाँका बख्खु कुनै बेला देशभर प्रसिद्ध थियोे  । भेडाको भुत्लालाई धागो बनाई बुनिने बख्खुको स्थान अहिले सुईटर, ज्याकेट जस्ता आधुनिक कपडाले लिइसकेको छ । पहिला पहिला तामाङ र शेर्पा समुदायका वासिन्दाहरू हिउँद र वर्षा दुवै  समयमा बख्खु लगाउने गर्दथे । गुन्सा र भोताङमा केही बुढापाकाले संस्कृति जोगाउनकै लागि मात्रै बख्खु लगाउने गरेका छन् । बख्खु बुन्ने कार्य परम्परागत र झन्झटिलो भएकोले बख्खु बुन्नेहरूको त्यसप्रति आकर्षण नै घटेको छ । समय र हिफाजत गरेर लगायमा ८ वटा बख्खुले पुरै जिन्दगी बित्ने गुन्साका विर्खे गोलेले बताउनुभयो । कुनै बेला सिन्धुपाल्चोकका हिमाली क्षेत्रमा बख्खुकै लागि ४०÷५० वटा भेडा पालेर चैत र असोजमा भुत्ला काटेर त्यसको मसिना डोरी बनाएर बख्खु बुनिन्थ्यो । भुत्लाको रंग हेरि ७ वटा सम्मको रंगमा बख्खु पाईने गरेको बताउँदै त्यसको रगको आधारमा बख्खु पनि महंगो हुने गरेको भोताङका सिंह बहादुर तामाङ  बताउनुहुन्छ । बुन्न सके त कोट, ज्याकेट के खपालु हुन्थे र एउटा बख्खु २४ सै घण्टा लगाए पनि १२ वर्ष  टिक्ने तामाङको अनुभव छ । जाडो र गर्मी दुवै समयमा लगाईने वख्खुले झरि पनि थाम्ने गरेको भोताङका बख्खु बुन्ने फुर्वा तामाङ
बताउनुहुन्छ ।

, , , , , , ,