रुपक पुरी
लोकप्रिय समाचार
गाउँ गाउँमा गठित सहकार िसंस्थामा आवद्ध भएर अवसर पाएमा महिलाहरू पनि हरेक खालका काममा सक्षम हुन सक्छन् भन्ने उदाहरण देखाउन सक्षम भएका छन् । संस्थामा आवद्ध भएपछि महिलाहरूको सामाजिक र आर्थिक परिवर्तन भएको छ । नयाँ मान्छेसँग बोल्नसमेत लजाउने महिलाहरू समुहको बैठक, छलफल र आर्थिक कारोवार गर्दा धेरै सक्षम बनि सकेको ज्यामिरे साना किसान सहकारीको व्यवस्थापक ललिता खड्का बताउनुहुन्छ । समुहमा बचत गर्दै आएकी मेलम्चीको मनपरि मिजार संस्थामा आवद्ध भएपछि आर्थिक रूपमा ढुक्क हुनुभएको छ । अहिले बचत गरेको रकमले छोराछोरी पढाएर आफुजस्तै निरक्षर हुनबाट जोगाउने मिजारले बताउनुभयो । जागेश्वरि नारी चेतना बचत तथा ऋण सहकारीमा आवद्ध भएपछि घर खर्च चलाउन साहुको महँगो ब्याज तिर्नु नपर्ने हुनाले दाउरा बेचेर पनि बचत गर्ने गरेको उहाँ बताउनुहुन्छ । गाउँमै बैकिङ कारोवार हुने भएपछि महिलाको माध्यमवाट सामान्य व्यवसाय गर्न सजिलो हुने थाङपालकोटका मदन श्रेष्ठको धारणा छ । घरमा समस्या पर्दा दुई चार हजार सजिलै निकाल्न सक्ने भएपछि महिलाहरूलाई घरबाट निस्कन हुने बन्देज कम भएको र परिवारले समेत सहयोग गर्ने गरेको थाङपालकोटकै विकिशा सापकोटाले बताउनुभयो ।
जिल्लाका प्रायः सबै ठाउँका महिलाहरू बचत तथा ऋण कार्यमा आवद्ध छन् ।
सहकारीले ढुक्क बनायो
[email protected] Powered by Blogger.
