काङ्गे्रसद्वारा बाँके घटनाको विरोध


लोकप्रिय समाचार
नेपाली काङ्ग्रेसले बाँकेमा भएको घटनाको विरोध गरेको छ । काङ्ग्रेस संसदीयदलका सचेतक बालकृष्ण खाड द्धारा विज्ञप्ती प्रकाशन गरी भत्र्सना गरेको हो । खाडद्धारा जारी विज्ञप्तीमा भनिएको छ ,नेपाली काङ्ग्रेसले जननायक वि.पी. कोइरालाको १०६ औं जन्म जयन्ती भाद्र २४ गतेका दिन देखि प्रारम्भ गरेको हिमाल, पहाड, तराई–मधेश (हिपतम) राष्ट्रिय जागरण दोश्रो चरणको अभियानका क्रममा आज बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं. २ सितापुर स्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम सञ्चालन भइरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध अपराधिक मानसिकता भएका ५०÷६० जनाको समूह सभाहल भित्र प्रवेश गरी कार्यक्रम बिथोल्ने र सहभागीहरुलाई त्रासित बनाउने उद्देश्यका साथ नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरु माथि सुनियोजित रुपमा सांघातिक हमला गरेको घटनाप्रति नेपाली कांग्रेस संसदीय दल घोर निन्दा र भत्र्सना गर्दछ ।कुनै पनि राजनीतिक दलले शान्तिपूर्ण रुपमा सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकार माथि ठाडो प्रहार भएको छ। सरकार समर्थित अपराधिक समूहले घटाएको यस किसिमको अराजक घटना अत्यन्त निन्दनीय, अमानवीय, घृणित एवं गैह्कानुनीय कार्य हो । यति ठूलो घटना हुँदा सम्म पनि सुरक्षा निकाय, स्थानीय प्रशासन एवं सरकार मौन बस्नु अन्यन्त दुःखदायी कुरो हो । यस घटनालाई सरकारले गम्भीरता पूर्वक छानविन गरी यसमा संलग्न दोषीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्दछौं । साथै यस्ता खाले अपराधिक कार्यहरु पुनः नदोहो¥याउन चेतावनी दिदै शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकार समक्ष नेपाली कांग्रेस जोडदार माग गर्दछ । साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गर्दछौं । सांघातिक हमलामा परी घाइते हुनु भएका नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं भनिएको छ ।

, , , , , ,