डेगुं रोगको सङ्क्रमण बढ्दो रुपमा


लोकप्रिय समाचार
सिन्धुपाल्चोक स्वास्थ्य कार्यालयले जिल्लाको सरोकार वाला निकाय तथा सञ्चारकर्मीहरुसंग डेंगु सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा डेंगुको संक्रमणबाट भाद्र १९ गते एकजनाको मृत्यु भए संगै सिन्धुपाल्चोकमा डेंगुको त्रास बढेको हो ।

डेंगुको त्रास बढे  संगै स्वास्थ्य कार्यालयले बुधबार चौतारा कार्यालयमा नै निमित्त प्रमुख जिल्ला अधिकारी रामकृष्ण घिमिरेको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो । डेंगु एडीस एजिप्टाई र एडीस एल्बोपिक्ट्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने किटजन्य रोग भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले बताउनु भयो । वरिष्ठ अधिकृत चापागाइका अनुसार डेंगु ४ प्रकारको हुने र नेपालमा हाल म्भ्ल् २ ले प्रभावित पारेको जानकारी दिनुभयो । यस प्रजातिको लमखुट्टेले दिनको समयमा र अली मानिसहरु जमघट भएका स्थानमा टोक्नुका साथै यस प्रजातिको लामखुट्टेले सफा पानीमा आफ्नो जिवन चक्र पुरा गर्ने गर्छ ।
यो लामखुट्टेको सम्पुर्ण जिवनचक्र करिव एक महिनाको हुने र एसको एकहप्ताको अवधी पानीमा रहन्छ भने ३ हप्ता यो लामखुट्टेले मानिसहरुलाई टोक्ने गर्छ । यसरी एक हप्ताको पानीमा रहने अवधीमा यसको जिवन चक्रलाई टुटाउन सकेमा यसको प्रकोप न्यूनीकरण हुने र त्यसका लागी आफ्नो घरमा रहेको लगातार हप्ता दिन भन्दा धेरै समय सम्म पानी जमिरहेका भाडाहरुलाई खाली गर्न सक्ने हो भने र त्यसको पानीलाई हप्तामा दुई पटक फाल्न सकेमा डेंगुबाट बच्न सकिने वरिष्ठ अधिकृत दुर्गादत्त चापागाइले जानकारी दिनुभयो । एउटा लामखुट्टेले आफ्नो जिवन चक्रमा ५ सय देखि एक हजार अण्डा पार्ने र एदिएडीस एजिप्टाई र एडीस एल्बोपिक्ट्स  लामखुट्टेले एक जना प्रभावितलाई टोकेमा लामखुट्टे संक्रमित हुने र त्यसले पारेको अण्डाबाट निस्किएका अन्य लामखुट्टे समेत संक्रमित हुने वरिष्ठ अधिकृत चापागाईले जानकारी दिनुभयो । साथै डेंगु रोगको संक्रमण भएपछी त्यसको स्पेसल उपचार नहुने र त्यसको सपोटेट उपचार मात्र सम्भव भएको वरिष्ठ अधिकृत चपागाईले जानकारी दिनुभयो ।
नेपालमा पहिलो पल्ट सन् २००४ मा चितवन घुम्न आएका एक जना जापनिजमा देखा परेको डेंगो रोग २००६ मा नेपालीहरुमा संक्रमण भएको थियो । पहिले त्यस्तो धेरै संक्रमण नदेखिए तापनि २०१० बाट आउट ब्रेक भएको थियो भने त्यस यता लगातार आउट ब्रेक भएको र गत वर्ष ४३ जिल्लामा डेंगुको संक्रमण देखिएको र यस वर्ष भने अहिले सम्म ५६ जिल्लामा संक्रमण देखि सकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाइले जानकारी दिनुभयो । यस वर्ष मात्र नेपाल भरी ६ जनाको डेंगुका कारण मृत्यु भइसकेको छ । भने ३ हजार ८ सय ९९ जना डेंगुको कारण संक्रमित भैसकेका छन् । भने अहिले सम्म प्रदेश नं ३ मा सबैभन्दा धेरै २ हजार १० जना प्रभावित भएका छन् । सिन्धुपाल्चोक जिल्लामा समेत डेंगुको संक्रमण देखिन थालेको छ यसलाई निदान गर्नका लागी सबै तह बाट लाग्नु पर्ने देखिन्छ ।

, , , , ,