वेपत्ता दिवस कार्यक्रम सम्पन्न


लोकप्रिय समाचार
अन्तराष्ट्रिय वेपत्ता दिवस विविध कार्यक्रम साथ सम्पन्न गरिएको छ। नेपाल रेडक्रस सोसाइटीको सिन्धुपाल्चोक जिल्ला शाखाको आयोजनामा भाद्र १३ गते वेपत्ता सम्बन्धी डकुमेन्ट्रि प्रर्दशनी ,मैनबत्ती प्रज्वलन तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरीएको हो ।
चौतारामा सम्पन्न कार्यक्रममा १३ जना वेपत्ताका परिवार सहित अन्य व्यक्तिहरु सहित २२ जनाको उपस्थिती रहेको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका कोषाध्यक्ष अमिर बहादुर श्रेष्ठको अधक्ष्यतामा सम्पन्न भएको थियो ।  कार्यक्रममा  बेपत्ता परिवारले सरकार सँग आक्रोस पोखेका थिए । वेपत्ता  परिवारले हाम्रो मान्छे कहाँ छ कस्तो अवस्थामा छ जानकारी पाउन पर्नेे भन्दै  हामीलाई अहिले पनि आफ्नो मान्छे आउँछ की भन्ने आशा रही रहेको वेपत्ता परिवारकी रेणुका भट्टराईले बताउनु भयो ।
अहिले बच्चाहरु पनि ठुलो भैसके, पालन पोषण गर्न पनि कठीनाइ छ। म एक्लो मान्छे के गर्नु समस्या परेको छ भन्दै बिलौना गर्नु हुन्छ भट्टराई । उहाँको श्रीमान् २०६० सालमा स्वास्थ्य जाँचका लागी काठमाण्डौं जाने क्रममा साँखुबाट वेपत्ता हुनु भएको थियो । अहिले सम्म पनि कुनै खुट खबर नभएकोले त्यसको बारेमा चिन्ताले सताइ रहेको बताउनु भयो। उहाँको जस्तै अर्को वेपत्ताकी आमा डल्ली पुकुटी भन्नुहुन्छ सारै पिडा छ बुडेसकाल लाग्यो यो उमेरमा पाल्ने छोरा वेपत्ता छ कमाई दिने छोरा नहुँदा सारै गाहे परेको छ भन्दै बिलौना पोख्नुभयो । आफ्नो छोरा लाई देख्न पाइन्छ कि भन्ने आशा अझै मनमा रहेको बताउने पुकुटी उमेरले अहिले ७५ वर्ष नागी सक्नु भएको छ । यस्ता यि पात्रहरु प्रतिनिधि पात्र मात्र हुन् जो पिडा बोकी रहेका छन् ।   
अहिले शान्ति स्थापना भएको पनि १३ वर्ष पुरा भयो तर पनि अझै वेपत्ता परिवारका पिडा जस्ताको तस्तै रहेको छ । देशमा वेपत्ता खोजविन आयोग बनेपनि आयोगले उजुरी सङ्कलन गर्ने भन्दा बाहेकको देखिने खालको कुनै काम गर्न सकिरहेको छैन ।
वेपत्ता व्यक्तिहरुको बारेमा आवाज उठाउने र बोलिदिने मानिसहरु पनि कोहि छैनन् । हिजोका द्धोन्दरत दुवै पक्षहरु अहिले शत्तामा छन् तर अझैपनि नेपालमा १३ सय भन्दा बढी मात्रामा वेपत्ता व्यक्तिहरु रहेका छन् ।
अन्य वर्ष जस्तै यस वर्ष पनि अन्तराष्ट्रिय वेपत्ता दिवस मनाइएको छ । दिवसका दिनमा एकछिन जम्मा हुनेर रुने अनि छुटिने प्रक्रिया जस्तो भएको छ नेपालका वेपत्ता परीवारका आफन्तलाई यो दिवस ।
यसै सन्र्दभमा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले आयोजना गरेको वेपत्ता दिवसमा आफ्नो भनाई राख्दै वेपत्ताका छोरा रमेश लामा भन्नुहुन्छ “ हामिलाई हाम्रो मान्छेको कि त लास चाहियो कि त सास ” म सानै छदा मेरो बुबा वेपत्ता पारियो, म टुहुरो हुनु परो त्यसको पिडा बोकेर कति दिन भौतारीनु पर्ने हो ?क ार्यक्रममा तामाङ भन्नुहुन्छ हामी अहिले पनि दोधारमा बाँच्न बाध्य भएका छौं, हामिलाई आफ्नो मान्छे आउने आश पनि छ अर्को तिर यति लामो समय सम्म नफर्किदा कतै केहि भैसकेको होकि भन्ने पनि छ त्यसैले यसको बारेमा छिटै नि¥क्यौल भयो भने हामीलाई शान्ति महसुस हुने थियो । कार्यक्रममा जिल्ला प्रशासनका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रममा वेपत्ताका परिवारको सहभागिता रहेको थियो ।


,