राम्चे बजारमा सरसफाई अभियान


लोकप्रिय समाचार
स्वस्थ जिवनयापनका लागि चेतना फैलाउने र डेङ्गु नियन्त्रण गर्ने उदेश्यले बाह्रबिसे नगरपालिका ९ को राम्चे बजारमा सरसफाई अभियान सुरू गरिएको  छ ।

नयाँ बजार टोल सुधार समितिले प्रत्येक महिनाको एकदिन बजार सरफाई अभियान चलाउने भएको हो । टोल सुधार समितिका अध्यक्ष जित बहादुर तामाङका अनुसार बजार क्षेत्रमा थुप्रिएको फोहोरका कारण बजारक्षेत्र दुर्गन्धित भएकाले सरसफाइ अभियान थालिएको  हो । सरसफाई कार्यक्रममा जनप्रतिनिधि, स्थानीय, नेपाल प्रहरी, आमा समूह लगायतको सहभागिता रहेको थियो ।

, ,