पिछडिएको माझीगाउँमा बन्यो सुन्दर बस्ती, माझी समुदायमा खुशीको लहर
लोकप्रिय समाचार २०७२ बैशाख १२ र २९ गतेको बिनासकारी भुकम्पको कारण सिन्धुपाल्चोक जिल्लाका प्रायः सबै बस्तीहरु ध्वस्त भए त्यसैमध्यको एक हो बागमारा माझीबस्ती सञ्जेलटार पनीयहाँका २४ वटा घर पनीभुकम्पले तहस नहुस बनायो ।
घर निमार्ण पछिको खुसि व्यक्त गर्दै स्थानिय माझी समुदायका सन्त बहादुर माझीले “जीवनमा अब घर निमार्ण गर्न सकिदैंन जस्तो लागेको थियो तर नेपाल रेडक्रस सोसाइटीले गरेको सहयोगको कारण घर निमार्ण कार्य सम्पन्न गर्न सकियो अहिले हामी अत्यन्त खुसी भएका छौँ भन्नु भयो ।” त्यसै गरी, हामीलाई घर बनाउन ठुलो समस्या आइ परेको तर रेडक्रसले सहयोग गरेकै कारण आज घरमा बस्न पाएका छौँ भन्दै स्थानिय बासी कुमारी माझी ले पनि खुसि व्यक्त गर्नुभयो । भवन हस्तान्तरणकै क्रममा मेलम्ची नगरपालीका वडा नं १० का वडा अध्यक्ष भक्त बहादुर खड्काले नेपाल रेडक्रस सोसाइटीको सहयोगका कारण मात्र यो सबै सम्भव भएको बताउँनु हुँदै विपन्न र पछाडी पारीएका माझी बस्तीमा सुन्दर बस्ती बसाउन सफल भएको हो भन्नु भयो । उँहाले माझी बस्तीका अधिकांस व्यक्तिहरु विपन्न भएको हुँदा घर निमार्ण गर्न सक्ने अवस्था नै नभएका व्यक्तिहरुको पनि एकै नासका घर निमार्ण भएका छन् त्यसले सबै बस्तीलाई व्यवस्थित देखिएको र त्यसको लागी स्थानिय व्यवक्तिहरुको आनिबानिमा परिवर्तन गर्नु पर्ने वडाअध्यक्ष खड्काले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाका सभापती राजेन्द्र मान ताल्चाभडेलका अनुसार प्रत्येक घर निमार्णका लागी माझी समुदायबाट २ लाख र नेपाल रेडक्रस सोसाइटीबाट करीब ६ लाख लगानी गरिएको बताउनुभयो । उहाँका अनुसार माझी बस्तीको एकिकृत बस्तीको रुपमा निमार्ण गर्न खोजियता पनि त्यो निमार्णका लागी धेरै लामो प्रक्रिया भएकाले त्यसलाई एकै ठाउँमा व्यवस्तित बस्ती बसाइएतापनि एकिकृत बस्तीभने भन्न नसकिएको सभापति भडेलले बताउनुभयो । रेडक्रसले भुकम्प पछीको पुनः निमार्णमा धेरै काम गरेको भएपनि यसरी एकै स्थानमा व्यवस्थित बस्ती निमार्ण गरेको भने पहिलो भएको हो भन्दै सभापती भडेलले जानकारी दिनुभयो ।
कार्यक्रमकाकारणमाझीबस्तीव्यबस्थित र मिलेको देखिएको छ । स्थानियबासिन्दामा समेत खुसियालि देखिन्छ ।व्यबस्थित घर बस्तीमा बस्नपाएर सम्पुर्ण माझी परीवार हरुलाइ धेरै राहात मिलेको छ । माझी समुदायको लागी नेपाल रेडक्रस सोसाइटीि साँच्चीकै अभिभाबक बनेको छ ।