विपद् प्रतिकार्य योजनका लागी कार्यशाला सम्पन्न


राजकुमार लम्साल,सिन्धुपाल्चोक
नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाको विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना बनाउने कार्यशाला सम्पन्न भएको छ । सोसाइटी जिल्ला शाखाको विपदका अवस्थामा प्रदान गरिने सेवालाई व्यवस्थित गर्न योजना निमार्ण गर्न लागिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका सभापती राजेन्द्रमान तल्चाभडेलले जानकारी दिनु भयो ।
कार्यशालाले शाखाको विपद् व्यवस्थापनका लागी उपयोगी हुने सभापती ताल्चाभडेलले जानकारी दिनुभयो । कार्यशालाको सहजीकरण नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका जनाद्र्धन पोखरेल, प्रशिक्षक दिनेश थापा र राजकुमार लम्सालले गर्नु भएको हो ।
कार्यक्रममा विपद् पहिले गरिने पुर्व तयारी तथा विपद् पछिको प्रतिकार्यका लागी आवश्यक पर्ने योजनाको बारेमा छलफल साथै सोको मस्यौदा तयार पारेको छ । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा रेडक्रस जिल्ला शाखा तथा उपशाखाका सदस्य तथा पदाधिकारीहरुको सहभागीता रहेको थियो । भाद्र १८ गते देखि चौतारामा सुरु भएको कार्यशाला १९ गते सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरुले आफ्नो विचार समुह कार्य मार्फत प्रस्तुत गर्नु भएको राजकुमार लम्सालले जानकारी दिनुभयो

,