क्यान सिन्धुपाल्चोकमा दिपेन्द्र


कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा दिपेन्द्र मास्के निर्वाचित हुनु भएको छ । शुक्रबार भएको महासंघको आठौं साधारण सभा तथा चौथो अधिवेशनले मास्केको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा विमल अधिकारी र हरिचन्द्र गौतम रहेका छन् । त्यस्तै सचिवमा प्रकाश श्रेष्ठ, सहसचिवमा दिपक थापा र कोषाध्यक्षमा निर्माण श्रेष्ठ निर्वाचित हुनु भयो । महासंघको सदस्यहरूमा दिलबहादुर कार्की, राजेन्द्र खत्री, प्रकाश श्रेष्ठ, स्मिता श्रेष्ठ, घनबहादुर श्रेष्ठ चयन भएका हुन् ।अधिवेशनकै अवसरमा क्यान महासंघ सिन्धुपाल्चोकले क्यान प्रदेश नंं ३ का अध्यक्ष प्रभात श्रेष्ठलाई सम्मान गरेको थियो । सिन्धुपाल्चोक क्यानको तीन कार्यकाल कुशलतापुर्वक निर्वाह गरेका श्रेष्ठलाई जिल्लामा सुचना प्रविधिको विस्तारमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो ।

,