आँखा शिविर सम्पन्न



लोकप्रिय समाचार
संविधान दिवसको अवसरमा सिन्धुपाल्चोक चौतारामा आज आँखा शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको समन्वय, जिल्ला सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा रेडक्रस चौतारा उपशाखाले शिविरको आयोजना गरेको हो।

आँखा शिविरको उद्घाटन गर्दै संघीय सभासद तथा पुर्व कानुन मन्त्री शेरबहादुर तामाङले आँखा विना संसार अन्धकार हुने मानिसको आँखा स्वस्थ नभएमा संसार देख्न नसक्ने भन्दै आँखा लाई सदैव हेरचाह गर्नुपर्ने बताउनुभयो । साथै संविधान देशको शासन सञ्चालनको आँखा भएको भन्दै संविधान दिवसको दिनमा आम समुदायको आँखा परीक्षण कार्यक्रम सञ्चालन गरेकोमा रेडक्रसलाई धन्यवाद व्यक्त गर्नुभयो ।शिविरमा मननीय सभासद तामाङ सहित एक सय ८० जनाको आँखा परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्य बिस जनाको भने शल्यक्रिया गर्नुपर्ने देखिएको र निजहरुलाको असोज ६ र ७ गते हुने शल्यक्रिया शिविरमा निःशुल्क शल्यक्रिया गरिने नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

, , , ,