ज्यामिरेमा मानव बेचबिखन विरुद्धको कार्यक्रम


लोकप्रिय समाचार
     १३ औँ राष्ट्रिय मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मेलम्ची नगरपालिका ९ ज्यामिरेमा भव्य  कार्यक्रम गरि सम्पन्न  भएको  छ । रक्षा नेपाल र वडा कार्यालयको समन्वयमा भएको कार्यक्रममा मानव बेचबिखन विरुद्ध गित, सडक नाटक, कविता प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष कमलवहादुर खड्काले मानव बेचबिखन रोक्न सुचना सहितको सुरक्षित यात्रा, दुवर््यवहार रहितको घर, समुदाय र विद्यालय हुनुपर्ने बताउनुभयो ।उहाँले स्थानीय स्तरमा रोजगारी र छोराछोरीलाई समान व्यवहार गर्न पनि अविभावकहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा जनता माविका प्रअ केदार विष्ट, स्वास्थ्य केन्द्रको प्रतिनिधि सीता चौलागाई लगायतले मन्तव्य राख्नु भएको  थियो । कार्यक्रममा वडाका सम्पुर्ण विद्यालयका प्रअ, अभिभावक र रक्षा उज्जल किशोरी समुहका सदस्यहरुको सहभागिता रहेको थियो ।
   

,