दुई मोटरबाटोको लागि सर्वपक्षीय छलफल

रुपक पुरी
लोकप्रिय समाचार
काठमाडौं र सिन्धुपाल्चोक जोड्ने दुई मोटरबाटोको लागि नेपाल सरकारले  विनियोजन गरेको बजेट कार्यान्वयन गर्न शङ्खरापुर नगरपालिकाको जरसिंह पौवामा सर्वपक्षीय छलफल सम्पन्न भएको छ । साँखु ,फट्केश्वर, बाहुनेपाटि सडक र साँखु, जहरसिह पौवा, काउले दोभान, धुसिनि चौर हुँदै मेलम्ची निस्कने सडक पुनः निर्माण गर्न सर्वपक्षीय छलफल बसेको हो । नेकपाका केन्द्रीय  सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नं २ का प्रतिनिधि शेरबहादुर तामाङको संयोजकत्वमा बसेको बैठकमा सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर  अर्याल, शङ्खरापुर नगरपालिकामा मुख सुवर्ण श्रेष्ठ, साँखु, फट्केश्वर सडक समितिका अध्यक्ष सुर्यमान तामाङ लगायतको सहभागिता रहेको थियो ।बैठकले साँखु, फट्केश्वर, बाहुनेपाटि सडकको स्तर उन्नतिको लागि सडक विभागलाई पत्राचार गर्नुका साथै साँखु, जहरसिंह पौवा, काउले दोभान, धुसिनि चौर हुँदै मेलम्ची निस्कने सडकको डिपिआर बनाई तत्काल काम अगाडि वढाउन पहल गर्ने निर्णय गरिएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले लोकप्रिय समाचारलाई  बताउनुभयो ।
 

,