मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ


लोकप्रिय समाचार
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा मोटरसाइकल चोरी गरेर गाउँगाउँमा सञ्चालन गर्ने गरेको पाइएपछि त्यसको निगरानी गर्न थालिएको छ । काठमाण्डौ जिल्लाको विभिन्न स्थानबाट विभिन्न कम्पनीको मोटरसाईकलहरु चोरी गरी सिन्धुपाल्चोक जिल्लामा ल्याई प्रयोग गरीरहेका छन् भन्ने विशेष सुचनाको आधारमा प्रहरीले गाउँगाउँमा निगरानी सुरु गरेको हो । सोही सन्दर्भमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा २०७६ असोज ०१ गते सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गा.पा. वडा नं. ७ ड्यामसाईड स्थित अरनिको राजमार्ग नजिक ग्रामीण कच्ची सडक खण्डबाट हाल प्रयोग भएको नं. बा ८६ प ६५२१, ईन्जिन नं. व्ीथ्ऋज्व्घठद्दटट, च्यासिस नं. ःम्द्दब्घटँथ्छज्ऋव्ठछढद्दट (२२० अअ को ल्।क्। मोटरसाईकल) मोटरसाईकल वरामद गरी चोरीमा संलग्न जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ७ बस्ने बर्ष २४ को विजय नेपाल, जुगल गा.पा. वडा नं. ७ बस्ने अर्विन तामाङ, बलेफी गा.पा. वडा नं. ३ बस्ने बर्ष २२ को प्रकाश बहादुर तामाङ र सोही गा.पा. वडा नं. ३  बस्ने बर्ष २५ को राम बहादुर तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्ष्क तथा सुचना अधिकारी माधव प्रसाद काफ्लले जानकारी दिनुभयो।पक्राउमा परेका उल्लेखित चोरीमा संलग्न व्यक्तिहरुलाई थप अनुसन्धानको लागी बिहीबार वरामदी मोटरसाईकल सहित महानगरिय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाण्डौमा पठाईएको समेत काफ्ेलले जानकारी दिनुभयो ।   


, , ,