लोकप्रिय समाचार सिन्धुपाल्चोक जिल्लाको क चौतारा साँगाचोकगढी न.पा. वडा नं. ११मा बेवारिसे लाश फेला परेको छ । जिल्ला जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरीनायब उपरिक्षक माधव प्रसाद काफ्ले का अनुसार एक्ले बेसी स्थित ईन्द्रावती नदिको बिच भागमा नदि फिजारीई पानीको सतह कम भएको स्थानमा अं २२,२३ बर्ष जस्तो देखिने ब्यक्तीको लाश फेला परेको हो । पुरुष ब्यक्तिको मृत लाश फेला परेको छ भन्ने खबर २४ गते प्रहरी कार्यलयमा प्राप्त हुना साथ प्रहरी कार्यलयबा प्र.नि.समेतको टोली घटनास्थलमा खटी गई हेर्दा उक्त स्थानको नदी फिजारीई पानीको सतह कम भएको स्थानमा टाउको र ढाडको भाग देखिएको घोप्टो अवस्थामा मृत लाश रहेकोले उक्त मृतक लासलाई पानिबाट सुरक्षित साथ नदी किनारामा निकाली घटनास्थल लास जाँच मुचुल्का लगाएतका प्रारम्भिक अनुसन्धानका कार्य सम्पन्न गरी उक्त मृत लास पो.मा.को लागी चौतारा अस्पताल सिन्धुपाल्चोकको शव गृहमा सुरक्षित साथ राखिएका छ ।, घटनास्थलमा उपस्थित मानिसहरुबाट समेत उक्त मृतक लाशको सनाखत हुन नसकेको, मृतकको आफन्तको खोजतलास गर्ने कार्य जारी रहेको समेत बाफ्लेले जानकारी दिनु भयो ।उचाई ५’५’’ फिट, कपाल कालो, अगाडिको कपाल लामो दायाँ बाँया कान साईडको कपाल छोटो भएको, हल्का जुँगा पालेको, मंगोलिएन अनुहारको, अं. बर्ष २२,२३ को जस्तो देखिने पुरुष ब्यक्ती को हो भन्ने बिषयमा परिचय खुल्न सकेको छैन ।
ईन्द्रवती नदीमा वेवारिसे लाश फेला
[email protected] Powered by Blogger.
