डेगुंबाट सिपामा एकको मृत्यु


लोकप्रिय समाचार
सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका १२ भिमटारका राम बहादुर दनुवारको डेँगु रोगका कारण मृत्युु  भएको  छ । बिहीवार विहान करिव ११ बजे ६५ वर्षिया रामबहादुरको काठमाडौंको बानेश्वरस्थित भेनस अस्पतालमा उपचारको क्रममा मृत्युु  भएको  हो ।
यो घटनापछि भिमटारमा अन्य पनि डेँगिका रोगि हुनसक्ने आशंका गर्नुभएको छ , वडाअध्यक्ष कमलरत्न दनुवारले ।
घटनापछि भिमटारमा त्रास फैलिएको स्थानीय समाजसेवी बाबुराम राईले बताउनुभयो । यस रोगको अनुसन्धान तत्काल  गर्नुपर्ने  उहाँले बताउनुभयो । डेँगु रोग देखिएपछि स्वास्थ्य टोली भिमटार खटाएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो । उहाँले सिन्धुपाल्चोकमा समेत यसरी रोग फैलिएपछि आफूलाई चिन्ता लागेके बताउँदै स्वास्थ्य टोलीलाई तयारी अवस्थामा रहेर तत्काल सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्नुभयो । इन्द्रावती गाउँपालिकाको अध्यक्ष वंशलाल तामाङले आफ्नो पालिकामा यस्तो दुःखद खबर सुन्दा पालिका पूरै दुखित भएको र यस्तो खालको घटना हुन नदिन आआफ्नो ठाउँबाट सक्रियताका साथ सहयोग पुर्याउन सरोकारवालारुसँग अनुरोध गर्नुभयो । 

, ,