खुकुरी व्यवसाय संकटमा

रूपक पुरी
लोकप्रिय समाचार
सुरक्षाको दृष्टिकोणले एक स्थानबाट अर्को स्थानमा ओसारपसार गर्न समेत गाह्रो पर्ने भएकोले खुकुरी व्यवसाय संकटमा परेको सम्बन्धित व्यावसायीहरू बताउँछन्  । पुस्तौदेखि यसको व्यवसाय गर्दै आउनुभएका मेलम्ची नगरपालिका १० ज्यामिरेका गुरूङ विश्वकर्माका अनुसार बजारमा एकातर्फ साना आरनबाट उत्पादन गरिएका खुकुरीको माग घट्दो छ भने अर्कोतर्फ उत्पादन गरिएका खुकुरी समेत सुरक्षाको दृष्टिकोणले टाढा टाढासम्म पु‍¥याउन नसकिने हुँदा त्यसै थोत्रिएर जान लागेका छन् । मेलम्ची बजारमा आरन चलाउदै आएका कालुमान वि.क.का अनुसार खुकुरीको व्यापार विगतको वर्षहरूका भन्दा ७५ प्रतिशतले घटेको छ । उहाँ अगाडि थप्नुहुन्छ , गत वर्ष प्रतिगोटा एक हजारमा विक्री हुने खुकुरीहरू अचेल ५ सय रूपियाँमा समेत बिक्री हुन छाडेको छ । खुकुरी उत्पादन गरेर जिविका चलाउँदै आएका उत्पादकहरूलाई यसै व्यवसायमा सिमित हुन गा‍¥हो हुँदै गएको छ भने उत्पादित खुकुरीको व्यापार गर्ने व्यापारीहरू समेत यस व्यवसाय त्यागेर वैकल्पिक व्यवसायतर्फ आकर्षित हुन थालेका छन् ।

, , , , ,