मेलम्ची पिडितको आन्दोलनको स्वरूप फेरियो


रुपक पुरी
लोकप्रिय समाचार
मेलम्ची खानेपानि आयोजनाको सियमसिवाट पिडितले आन्दोलनको स्वरूप परिवर्तन गरेका छन् ।मँगलवारवाट शान्तिपूर्ण आन्दोलनमा साँस्कृतिक कार्यक्रम पनि गरिने सँघर्ष समितिका सँयोजक विष्णुमणि आचार्यले वताउनुभयो ।

प्रदिप रोक्का र गायिका कल्पना दाहालको साथमा साँस्कृतिक कार्यक्रम गर्न लागिएको सँयोजक आचार्यले वताउनुभयो ।शुक्रवार विज्ञप्ति निकाल्दै प्रमुख जिल्ला अधिकारी गोमादेवि चेम्जोङले निषेधाज्ञा जारि गरेको मेलम्ची  साइट कार्यालयमा आजपनि पिडित दिनभर धर्ना वसेका छन् ।
जिल्ला  प्रशासनले स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क बमेजिम २१ गतेवाट दिनको १० बजेदेखि ५ वजेसम्मको लागि अर्को  ब्यवस्था नभएसम्म निषेधित क्षेत्र लागू हुने वताईएको छ । यो नियम अम्वाथान, खानेपानि साईट कार्यालय , ग्याल्थुम सुरुङ र सिन्धु सुरुङ जाने वाटोमा लागू हुने विज्ञप्तिमा भनिएको छ ।
आन्दोलन गर्दै आएका सिएमसि पिडितहरूको सँयोजक  आचार्यले निषेधित क्षेत्र घोषणा गर्नु गलत कदम भएको वताउदै माग पूरा नभएसम्म आन्दोलन जारि रहने बताउनुभयो ।
९ महिना अघि ठेक्का  तोडेर सियमसि फर्किएपछि मेलम्चीको  काम ठप्प  छ । आयोजनाको लक्ष्य पूरा नभएसँगै निर्माणमा सँलग्न नेपाली कामदारले तलबभत्ता  र सञ्चयकोषवापत पाउनुपर्ने  १ अर्ब ६८ करोड भुक्तानी  पाएका छैनन्  ।

, , , ,