जागरण अभियानमा सडक निर्माणको अनुरोध
लोकप्रिय समाचार
हिमाल, पहाड , तराई, मधेस नेपाली काङ्ग्रेसको दोस्रो चरणको जनजागरण कार्यक्रम भइ रहेको छ । यस सन्धर्भमा सिन्धुपाल्चोक जिल्लाको विभिन्न भागमा यो कार्यक्रम भइरहेको छ । कार्यक्रमको अवसरमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एव पुर्व मन्त्री मोहन बहादुर बस्नेतले खाडीचौर चरिकोट जाने सडक लगायत जिल्लाका सबै क्षेत्रमा भएका सडकमा सहज यातायात आवत जावत हुने गरि एक हप्ता भित्र सडक मर्मत नगरे कार्यालय घेर्ने चेतावनी दिनु भएको छ ।
इन्द्रवाती गाउँपालिकाका प्रमुख तथा काङ्ग्रेसका नेता वंशलाल तामाङ्गले पार्टी बलियो हुन कार्यकर्ता बलियो हुन पर्ने बताउदै कार्यकर्ताहरु गुट उपगुटमा भन्दा पनि चारतारा झण्डामुनी गोल बद्ध हुनपर्ने बताउनु भयो । कार्यक्रममा नेपाली काङ्ग्रेसवाट क्षेत्र नम्बर २ को प्रदेश क का उम्मेद्वार विकास तामाङ, चौतारा साँगाचोकगढी नगरपालिकाका मेयरका उम्मेद्ववार केशव राज गिरी उपमेयरका उम्मेद्धावर शोभा उलक वडामा निर्बचान लडेका उम्मेद्धार लगायतले निर्वाचन पछी नगरमा पार्टीले बेवास्ता गरेको क्रियाशिल सदस्यताको सदस्य शुल्क लिएर सदस्यता नदिएकोमा गुनासो गर्दे काङ्ग्रेसका नेता एक भएर अगाडी बढ्न सुझाव दिएका थिए । नगर पार्टी सभापती यज्ञ दङ्गालको सभापतित्वमा नेपाल पत्रकार महासंघको सभाहलमा भएको कार्यक्रममा नेपालीि काङ्ग्रेसको १५ बुँदे निर्देशिका पत्र क्षेत्रीय उपसभापती नवराज भट्टरायले वाचन गर्नु भएको थियो ।


यो कार्यक्रम अन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधि उत्तम आचार्यले काङग्रेसले जागरण अभियानवाट सुधार्नु पर्ने कुरा धेरै रहेको बताउँदै नेपाली काङग्रेसका गाँउ गाँउमा रहेका कार्यकर्ताहरुले आफुले भोगेका र मनमा लागका कुराहरु निर्धक्क सँग राख्न पाउने भएकाले यस बाट काङगे्रसका नेतृत्वले गर्न पर्ने काममा तीव्रता आउने बताउनु भयो ।