निर्माण सम्पन्नताको प्रमाणपत्र वितरण


रूपक पुरी
लोकप्रिय समाचार
ईन्द्रावती गाउँपालिकाले  भूकम्प पिडित परिवारलाई निर्माण सम्पन्नताको प्रमाणपत्र वितरण गरेको  छ।

सोमबार एक कार्यक्रमका बिच घर निर्माण गर्ने एक सय भन्दा बढिलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिका अध्यक्ष वंशलाल तामाङले पुनःनिर्माणलाई अझ तीव्र गतिमा अगाडि बढाउन आग्रह गर्नुभयो  । तामाङले गाउँपालिकाको सबै भूकम्प पिडितहरूलाई चाँडोभन्दा चाडो आवास निर्माण सम्पन्न गरि प्रमाणपत्र लिन आग्रह गर्दै प्रमाणपत्र लिने भूकम्प पिडितहरूको प्रशंसा समेत गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष मिरा लामा, वडा अध्यक्षहरू लगायतको सहभागिता रहेको थियो । अन्य घर बनाईसकेकाको प्रमाणपत्र प्रत्येक  वडामा कार्यक्रम  गरेर वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत विनोद रोक्काले बताउनुभयो ।

,