केपि शर्मा ओलीबाटै गणतन्त्र खतरामा


रूपक पुरी
लोकप्रिय समाचार
नेपाली काँग्रेसका महामन्त्री सशांक कोईरालाले गणतन्त्र माथी कसैले धावा वोल्न नसक्ने वताउँदै यदि गङणतन्त्र खतरामा परिहाले त्योे प्रधानमन्त्री केपी शर्मा ओलिका  कारण पर्ने दावी गर्नुभएको  छ ।

स्वतन्त्र सेनानि संघ सिन्धुपाल्चोकको चौतारामा भएको अधिवेशनमा बोल्दै महामन्त्री  कोईरालले नेपालका कम्युनिष्टले गणतन्त्रको रक्षा गर्न नसक्ने भन्दै लोकतन्त्रवादिको काधमा गणतन्त्र जोगाउने जिम्मेवारी आएको बताउनुभयो ।केन्द्रिय सदस्य प्रदिप पौडेललेड वर्तमान सरकार भ्रष्टाचार, र वेथितिको दलदलमा फसेको आरोप लगाउनुभयो । 
पौडेलले सरकार असफल हुँदा व्यवस्थाविरोधी तत्व सल्वलाउन थालेको बताउँदै यसका विरूद्द काँग्रेसले खवरदारि गरिरहेको बताउनुभयो ।कार्यक्रममा जिल्ला सभापति विकास लामा, वंशलाल तामाङ लगायतले बोल्नु भएको थियो । राजेन्द्रमान ताल्चाभडेलको सभापतित्वमाा भएको कार्यक्रममा जिल्लाका ७० प्रजातन्त्रका सेनानिहरू सम्मानित भएका थिए ।

, ,