दिवाखाजाको कार्यक्रम गरि ५५औ बाल दिबस मनाइयो


   नेपाल सरकारले बिभिन्न कार्यक्रम गरी ५५ बालदिबश मनाएको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोक गढी  नगर पालीकाको बिभिन्न  वडामा बिभिन्न कार्यक्रम गरि बाल दिबस मनाइएको छ भने वडा नं ५ स्थित  श्री कृष्ण रत्न गङ्गा माध्यमिक बिद्यालयले  बालदिबसकै दिन देखी  ५ कक्षा सम्मका बालबालकिालाइ स्थानीय स्तरमा नै उत्पादीत  खाद्यन्नको प्रयोग गरी सिदवा खाजा खुवाउँन लागएिको छ । 

 चौतारासाँगाचोकगढी नगर पालीका वडा नं ५का वडाअध्यक्ष नरमान श्रेष्ठको प्रमुख अतिथ्यता र बिदालय ब्यबस्थापन समितकिा अध्यक्ष श्याम कृष्ण श्रेष्ठको बिशेष अतिथ्यतामा बिद्यालयका ५०७जना बिद्यार्थीहरुलाइ दिवा खाजा  खुवाउन शुरु गरिएको बिद्यालयका प्रधानध्यापक  ध्रुबलाल श्रेष्ठ ले बताउँनु भयो । बिद्यालय ब्यबस्थापन समितकिा अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बालबालीकाहरुलाइ  खुवाउँने खाजा पोषणयुक्त हुन पर्ने भएकाले  स्थानीय स्तरको खाद्यन्न प्रयोग गरि खाजा खुवाउँने ब्यबस्था मिलाइएको र यसका लागी २जना कर्मचारकिो समेत ब्यबस्था गरिएको बताउँनु भयो ।
वडाअध्यक्ष नरमान श्रेष्ठले नगरका सुबै बिद्यालयका शिशु कक्षा देखी कक्षा ५ सम्मका  सामुदायक बिद्यालयका  बालबालकिालाइ पोषण युक्त खाजाको ब्यबस्था गरिन लागेको बताउँदै यस कार्यक्रमले सामुदायक बिद्यालयमा अभिभाबक तथा बालबालीकाको आर्कषण बढेको बताउँनु भयो ।

, , , , ,