निजामती सेवा दिवसमा सरसफाई र वृक्षारोपण


रुपक पुरी
लोकप्रिय समाचार
निजामती सेवा दिवसको अवसर पारेर इन्द्रावती गाउँपालिकाले सरसफाइ र मेलम्ची नगरपालिकाले वृक्षारोपण कार्यक्रम  गरेका छन् ।

इन्द्रावती गाउँपालिकाले नवलपुर वजारमा सरसफाई कार्यक्रम गरेको प्रशासकिय अधिकृत विनोद रोकाले जानकारि दिनुभयो । उहाँले गाउँपालिकाको सरसफाई अभियानमा निरन्तर  लागिरहने समेत बताउनुभयो । नेपाल प्रहरी र गाउँपालिकाको कर्मचारीको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको थियो ।
दिवसकै अवसर पारेर मेलम्ची  नगरपालिकाले वृक्षारोपण कार्यक्रम सम्पन्न  गरेको छ । नगरपालिकाको उपमेयर भगवती नेपाल र कर्मचारीको सहभागितामा उक्त  कार्यक्रम सम्पन्न भएको  हो ।

,