खुल्यो तातोपानी नाका
रूपक पुरी
लोकप्रिय समाचार
अविरल वर्षाले खासा बजार नजिकैको सडक भासिएपछि बन्द भएको तातोपानी नाका शुक्रबारबाट पुनः सुचारू गरिएको छ ।रमिते बजार नजिकै सडक भासिन थालेपछि मर्मत कार्यका लागि नाका बन्द गरिएको थियो । नाका बन्द हुँदा दशैँका लागि लोड गरिएको स्याउ, लसुन, रेडिमेड कपडाहरू चिनियाँ भुभागमै अलपत्र परेका थिए ।
भन्सार अधिकृत केशवराज ओलिका अनुसार साउन र भदौ महिनामा १० करोड राजश्व संकलन भएको हो। २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पले चार वर्ष नाका बन्द भएको थियो । नाका बन्द हुनु भन्दा अघि एक आर्थिक वर्षमा ५ अर्व राजश्व संकलन हुँदै आएको थियोे । चिनबाट नेपाल स्याउ, ईलेक्ट्रोनिक्स सामान, तयारी कपडा बढि मात्रामा भित्रिने गर्दछ ।