जुवातास खेले १५ हजार जरिवाना

रूपक पुरी
लोकप्रिय समाचार
नजिकिदै गरेको दशैँ, तिहार र छठ पर्वमा जुवातास खेल्ने र खेलाउनेलाई पाँचपोखरी थाङपाल गाउँपालिकाले १५ हजार रूपैयाँ जरिवाना गर्ने भएको छ । गाउँपालिकाले सुचना जारी गरि मादकपदार्थ बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्रै सेवन गर्न पाइने छ । सो समयवाहेक बिक्री वितरण गरेमा ५ हजार जरिवाना लाग्नेछ । चाडपर्वमा सामाजिक विकृति नफैलियोस भन्ने उदेश्यले सार्वजनिक स्थानमा बसेर मादक पदार्थ सेवन गरि होहल्ला तथा झैझगडा गरेमा ३ हजार रूपैयाँ जरिवाना गरि नैतिकता विरूद्धको समेत अपराधको सजाय व्यहोर्नुपर्ने गाउँपालिकामा उपप्रमुख सुनिता अधिकारीले बताउनुभयो  । उक्त  नियम गाउँपालिकाको जनप्रतिनिधि, न्यायिक समिति, प्रहरी, मेलमिलाप प्रतिनिधिको बैठकले पारित गरि सुचना जारी गरिएको उपप्रमुख अधिकारीले बताउनुभयो ।

, ,