सिन्धु पाँचपोखरीले सुरु ग¥यो गोंगबु बसपार्क सम्म सेवा


लोकप्रिय समाचार
स्थानीय नागरिकको सुविधा नै आप्नो सुविधा भएको र गुणस्तरीय सेवा दिने जो कोहीलाई पनि नगरपालिकाकाले सहयोग गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङ्गले बताउनु भएको छ । उँहाले जनता जहिले पनि सुविधा र आरामदायी यात्रा गर्न चाहन्छन् ।

प्रतिस्पर्धात्मक यो समयमा यसैलाई आधार मानेर वर्तमान सरकारले यातायातमा सिण्डीकेट तोडेको र प्रतिस्पर्धात्मक यातायात सञ्चालन गर्ने व्यवस्था मिलाएको बताउनु भयो । सिन्धु पाँचपोखरी यातायात सेवा प्रालीद्वारा सञ्चालित यातायात सेवाको शुभारम्भ  गर्दै शुक्रबार चौतारामा उहाँले यस्तो बताउनु भएको हो । उँहाले शुभारम्भ गर्नु ठुलो कुरा होइन तर यसको स्थायित्व गर्नु ठुलो कुरा भएको बताउँदै नियमित रुपमा यातायात सञ्चालन गरेर जनतालाई सुविधा दिन निरन्तरताको आवश्यक परेको बताउनु भयो ।
हामी जति सके सरकारको निती, निर्देशन र स्थानीय सरकारको कार्य विधी भित्र रहेर प्रतिस्पर्धात्मक सेवालाई सहयोग गर्न चाहन्छौँ । यो सहयोग लिनका लागी कुनै पनि नागरिकले असुविधा पाएको आवाज उठाउने गरि यातायात सञ्चालन गर्न हुँदैन । सबैलाई समान व्यवहार गर्नुपर्छ। यात्रीलाई सुविधाजनक ढङ्गले तोकिएको स्थानमा तोकिएको समयमा पु¥याउनु पर्छ । त्यसो भयो भने मात्र नागरिकले सुरक्षित यातायातको महसुस गर्ने छन् भन्नु भयो । उँहाले नगरमा  सञ्चालित अटोहरु प्रति गुनासो आइरहेको बताउँदे यस्तो गुनासो नआउने गरी सेवा दिन पर्ने बताउनु भयो । प्रालीले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम  चौतारा देखी गङ्गबु नँया बसपार्क सम्म सेवा शुभारम्भ गरेको छ । शुभारम्भको क्रममा बोल्दै प्रालीका अध्यक्ष खिल बहादुर श्रेष्ठले सिन्धुपाल्चोक जिल्लाबाट अब सिधै नँया बसपार्क जान पाउनेछन् । जेष्ठ नागरिक जति भए पनि नागरिकताकै आधारमा छुट गर्ने यात्रीहरुको लगेजमा खानका लागी लगिएको करिब ३० किलो सम्म खाद्यान्नको रकम नलीने चिठी पत्र लगेको पैसा नलिने जस्ता सुविधा दिएर सेवा सञ्चालन गर्न लागेको बताउनु भयो ।
प्रालीले चौतारा टुँडिखेलबाट काठमाण्डाँैको कोटेश्वर र चाबहिल हँुदै नँया बसपार्क सम्म र पुनः सोही रुटबाट फिर्ता हुने गरी जम्बो हाइस फिल्म हेर्दै साविक भाडामा यात्रीहरुले यात्रा गर्न पाउने बताउँदै उँहाले गर्मीका मौसममा चिसो पानी जाडोमा तातोपानी चियाका साथै हरेक सवारी साधानमा सामान्य औषधीहरुको सुविधा रहने बताउनु भयो । उँहाका अनुसार हाल नँया बसपार्कबाट बिहान ५ः३० बजे ६ः०० बजे र ६ः३० बजे ७ः००बजे र दिउँसो ३ः०० बजे ३ः३० बजे  गरी ६ क्यु सञ्चालन हुने छ भने चौताराबाट पनि बिहान ६ः०० बजे र ७ः०० बजे दिउँसो २ः३० बजे ३ः०० बजे ३ः३० बजे र ४ः०० बजे  गरी ६ क्यु सञ्चालन हुने समेत श्रेष्ठले जानकारी दिनु भयो ।  उपप्रमुख जानुका पराजुली, नेपाल पत्रकार महासघंका उपाध्यध्यक्ष ज्ञानेन्द्र तिमील्सीना, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ७ का वडाअध्यक्ष उमा प्रसाद दुलाल, नेपाली काँग्रेसका टंङ्क कार्की लगायतको विशेष अाितथ्यतामा प्रालीका अध्यक्ष खिल बहादुर श्रेष्ठको सभापतित्वमा लुमुडी बहादुर पौडेलको सञ्चालनमा शुभारम्भ कार्यक्रम भएको थियो ।

,