जिल्लाकै ठूलो धनराशि पुरस्कारको भलबिल प्रतियोगिताको सुरुवात

लोकप्रिय समाचार
जनताको काम गरेर जनताको मन जित्न सके मात्र वास्तविक जनप्रतिनिधी हुने तर आफु सर्वशक्तिमान हँु भनेर घमण्ड गर्ने कोही पनि जनप्रतिनिधी को रुपमा स्थापित हुन नसक्ने पुर्व मन्त्री माननीय अग्नि प्रसाद सापकोटाले बताउनु भएको छ । जँहा खेलको विकास हुन्छ त्यहाँ स्वास्थ्य, शिक्षाको विकास हुन्छ त्यसैले चौतारा साँगाचोकगढी नगरपालिकाले पनि खेलकुदको क्षेत्रमा केही लगानी बढी गरिरहेको बताउँदै सापकोटाले राष्ट्र निर्माणका लागी युवा शक्तिको आवश्यक पर्ने र यो आवश्यकता पुरा गर्न खेल विकासले ठुलो मद्धत गर्ने भएकाले पनि खेलकुदको विकासमा सबै लाग्न पर्ने बताउनु भयो ।

केही स्थानीय जन प्रतिनिधीहरु आफु राजा सम्मान भएको ठान्ने र केहीले पक्षपात ढङ्गले काम गर्ने गरेको पाइएकोले त्यसो गर्ने जो कोहीलाई पनि सरकार र पार्टीले छुट नदिने बताउनु भयो । आगामी दिनमा हुने विकासका हरेक कार्यक्रमहरु समावेशी रुपमा हुन पर्ने र जनताका माग समस्या र सामाजिक काममा जनप्रतिनिधी लाग्न पर्ने समेत उँहाले बताउनु भयो । खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीले आफ्नो योग्यता र कार्यक्षमता प्रस्तुत गर्ने अवसर पनि हो । स्वर्गीय संस्थापकहरु जबरसीं तामाङ, काले तामाङ र जगुसीं तामाङको स्मृतीमा प्रतियोगिता आयोजना गरिनु अत्यन्तै सह्रानिय काम भएको भन्दै उनीहरु कसैलाई पनि कसैले पनि भुल्न नहुने सापकोटाले बताउनुभयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ मा कालिका देवी स्मृती क्लबको आयोजनामा जिल्लामा हाल सम्मको सबेै भन्दा ठुलो पुरस्कार राशी रहेको पालिका स्तरीय भलबिल प्रतियोगिताको उद्धघाटन गर्दै यस्तो बताउनु भएको हो । विद्यालयको प्राङ्गणमा भएको उक्त कार्यक्रममा जिल्लाका ९ वटै  गाँउपालिकाले भाग लिएको उक्त कार्यक्रममा बोल्दै विशेष अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङ्गले मानिस धनले धनी भएर हुँदैन धनले धनी भएका मानिसहरु धेरै  रोगी भएका छन् । तर मनले धनी भएका मानिसहरु जथाभावी रोगी नहुने बताउँदैमनका धनीहरु खेल खेल्छन्, काम गर्छन्, गाँउमा मिहिनेत गर्छन् त्यस्ता मानिसलाई न सुगर लाग्छ न कुनै रोग लाग्न सक्छ भन्नु भयो । उँहाले नगरपालिकाले यस्ता कामहरुलाई प्रोत्साहन गरेको र गरिरहने बताउँदै आगामी दिनमा पनि उत्पादनमुलक काममा सहयोग गरिरहने बताउनु भयो । कालीदेवी मावि देउरालीका विव्यस अध्यक्ष रघु सिंह तामाङ्गको सभापतित्वमा भएको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक वडा नं १३ का वडाअध्यक्ष रामप्रसाद गौतम लगायतले शुभकाना मन्तव्य राख्नु भएको थियो । प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएका छन् । पहिलो खेलमा पाँचपोखरी थाङपाल गाँउपालिकालाई २०–२५ र १८–२५ को सेटमा हराउँदै चौतारा साँगाचोकगढी नगरपालिकाले जित निकालेको छ । सो खेलमा चौतारामा रमेश श्रेष्ठ उत्कृष्ठ खेलाडी बनेका हुन् । त्यस्तै दोस्रो खेलमा सुनकोशी गाँउपालिकालाई ११–२५ र ११–२५ को सोझो सेटमा इन्द्रावती गाँउपालिकाले पराजीत गरेको हो । सो खेलका उत्कृष्ठ खेलाडी पनि इन्द्रावती कै विक्रम तामाङ भएका थिए ।तेस्रो खेलमा भने मेलम्ची नगरपालिकाले बलेफी गाँउपालिकालाई २५–९ र २५–१० को सेटमा पराजीत ग¥यो। चौथो खेलमा जुगल गाँउपालिकालाई हेलम्बु गाँउपालिकाले १५–२५ र १६–२५ को सेटमा हरायो । तेस्रो खेलको उत्कृष्ठ खेलाडी मेलम्चीका कृष्ण तामाङ र चौथो खेलमा हेलम्बुका मनोज तामाङ ठहरिएका हुन् । उत्कृष्ठ खेलाडीलाई ट्रफीद्वारा सम्मानीत गरीएको थियो । अहिले सम्मको सबै भन्दा धेरै राशी प्रतियोगितामा पहिलो हुनेलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र को पुरस्कार भएको भलिबल प्रतियोगिता असोज १६ गते समापन हुने  वडाअध्यक्ष चुडामणी नेपालले बताउनु भयो । 
         

, ,