प्रेस काउन्सिलस्वर्णजयन्तीको अवसरमा बिभिन्न पुरस्कार सहित परिमार्जित पत्रकार आचारसंहिता, सार्वजनिक



लोकप्रियसमाचार पे्रस काउन्सिल नेपालले आफ्नो स्थपना भएको  पचास बर्ष  पुरा गरेको छ । सो अबसरमा पुनेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलले पत्रकार आचार संहिता परिमार्जन गरेको छ । २०७३मा जारी आचार संहितालाइ परिमार्जन गरि  पत्रकार आचार संहिता  २०७३  जारी गरिएको हो । 


सोमबार, एक कार्यक्रमबिच संशोधित तथा परिमार्जित पत्रकार आचारसंहिता, २०७३ सार्वजनिक गरिएको छ । प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीको अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संयुक्तरुपमा सार्वजनिक गर्नुभएको हो । आचारसंहितालाई समसामयिक बनाई समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्येश्यअनुरुप सरोकारवाला संघ, संगठनका प्रतिनिधि पत्रकारहरुसंग धेरै चरणको छलफल, अन्तरक्र्रिया र प्राप्त रायसुझावमाथि गहन छलफलपश्चात आचारसंहिता जारी गरिएको प्रेसकाउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले बताउँनु भएको छ  ।अवसरमा कार्यवाहक अध्यक्ष श्रेष्ठले छिटै प्रविधिको विकास भइ आचारसंहिता छिटै परिमार्जन गरिएको, हाम्रा कमीकमजोरीको कारण अनेकखाले कानुन बनेको बताउनुभयो । यसबारे हामी आफैं पनि जानकार छौं, हामी मर्यादित बन्न जरुरी रहेको उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले सबै मिडियालाई समेटिएको, यसमा हाम्रो पनि स्वामित्व रहेको उल्लेख गर्नुभयो ।प्रेस काउन्सिलको स्वर्ण जयन्तीका  लागी काउन्सिलको निमन्त्रणमा साइप्रस, म्यानमार, श्रीलङ्का, अफगानिस्तान, भारत, म्यानमार प्रेस काउन्सिलका पदाधिकारीसमेत  कार्यक्रममा आइपुगेका छन् ।  काउन्सिलको स्वर्णजयन्तीको अवसरमा  बिभिन्न ब्यक्तीहरु बिभिन्नप्रकारले पुरस्कृत हन् भएको छ ।  जसमा  प्रेस काउन्सिल बर्ष कर्मचारी पुरस्कार र प्रोत्साहन पुरस्कार बाट बिपुल पाण्डे (प्रोत्साहन पुरस्का ,हर्कबहादुर श्रेष्ठ (बर्ष कर्मचारी पुरस्कार),. सबिता बाँनिया (बर्ष कर्मचारी पुरस्कार)बाट तिन जना लाइ पुरस्कृत गरेको छ ।   २०५१ सालमा नुवाकोटमा जन्मनु भएका बिपुलपाण्डे २०७५ सालदेखि मिडिया अनुगमनकर्ताको रुपमा कार्यरत हुनुहुन्छ । उहा यसका अलवा नाट्य क्षेत्र फोटो ग्राफीमा दक्षता रहनु भएको  छ । उहाले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा सामाजिक कार्य बिषयमा स्नताक गर्नु भएको छ । उहाँलाई प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन  पुरस्कार प्रदान गरिएको हो  ।

अर्का कर्मचारी . हर्कबहादुर श्रेष्ठ (बर्ष कर्मचारी पुरस्कार)लाइ पनी पुरस्कृत गरिएको छ ।  २०२३ सालमा भिमेश्वर नगरपालिका ४ दोलखामा जन्मनुभएका श्रेष्ठ २०४५ सालदेखि प्रेस काउन्सिलमा कार्यरत हुनुहुन्छ ।त्यसै गरि  सबिता बाँनिया (बर्ष कर्मचारी पुरस्कार) बाट पुरस्कृत हुनु भएको छ । उँहाम्याग्दी निवासी बानियाँ २०७० सालबाट प्रेस काउन्सिलमा बरिष्ट कम्प्युटर अपरेटर पदमा नियुक्ति हुनुभएकोमा हाल उहाँ अभिलेख शाखामा कार्यरत हुनुहुन्छ । त्यसै गरि प्रेस काउन्सिल ले रु १५हजार रासीको युवा पत्रकारिता पुरस्कार पनी घोषणा गरेको छ । १०जना पुरस्कृत हुन भएको छ पुरस्कृत हुनुहुनेमा रिङकु मिश्र (गायत्री), सोम बहादुर थापा, (कैलाली),.विधान श्रेष्ठ, (इलाम हाल काठमाडौँ) ,.निलिफा सुब्बा, (सुनसरी),ंमञ्जीमा ढकाल, (काठमाडौँ) करुण अर्याल, (कपिलवस्तु हालः काठमाडौँ).डिलाराम भुसाल,.अमर खड्का, (सुनसरी),.अजयदीप शर्मा, (रुकुमः हाल दाङ,मीना तिवारी (घिमिरे), काठमाडौँ रहनु भएको छ । टिभी टुडे जनकपुरमा समाचार वाचिका पत्रकार रिङकु मिश्र गायत्रीले  वि.सं २०६३ साल देखि  रेडियो टुडेबाट पत्रकारिता क्षेत्रमा पाईला चाल्नु भएको हो ।  पत्रकार मिश्रसँग रेडियो मिथिला,अपन टिभी मिथिलाञ्चल एफएम,मिथिलाञ्चल विशेष पत्रिका लगायतका विभिन्न मिडियामा कार्य गरेको अनुभव भएका कारण पुरस्कृत गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ । त्यसै गरीवि.सं २०५२ सालदेखि विभिन्न ट्याबलेट समाचारपत्रहरुमार्फत पत्रकारिता क्षेत्रमा प्रवेश गर्नु भएका पत्रकार सोमबहादुर थापा हाल फ्रिलान्सरको रुपमा कार्यरत हुनुहुन्छ । पत्रकार थापाले सहस्राव्दी साप्ताहिक,नेपाल समाचार पत्र, सत्यपत्र नेपाली दैनिक, एभिन्यूज टेलिभिजनको समाचार सम्पादक,हिमालय टेलिभिजनको प्रधानसम्पादकरुपमा कार्य गरिसक्नु भएका कारण पुरस्कृत गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ । त्यसै गरी वि.सं २०६१ सालमा नव युवा मासिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नु भएका पत्रकार विधान श्रेष्ठ हाल रातोपाटी डट.कमका समाचार सम्पादक हुनुहुन्छ । श्रेष्ठको नौलो प्रतिक मासिक,ग्रेटवे अंग्रेजी मासिक जस्ता मिडियामा कार्य गरेको अनुभव भएका कारण पुरस्कृत गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ ।
त्यसै गरी धरान टाईम्सबाट आफ्नो  पत्रकारिता यात्रा आरम्भ गर्नु भएकी पत्रकार निलिफासुब्बा,हाल सञ्चारिका समूह पुर्वाञ्चल क्षेत्रको अध्यक्ष हुनुहुन्छ । पत्रकार निलिफा सुब्बापत्रकार महासंघ पूर्व केन्द्रिय सदस्य मर्निङ टाईम्स, गणतन्त्र एफएम साथै युके रेडियो लगायतका मिडियाहरुमा काम गरेको अनुभव भएका कारण पुरस्कृत गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ । त्यसै गरी२०७३ सालमा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा मास्टर गर्नुभएकी मञ्जिमा ढकाल हाल द राइजिङ नेपालमा कार्यरत हुनुहुन्छ । विशेषगरी शिक्षा, मानवअधिकार, वातावरण र लैङ्गिक क्षेत्रलाई विषय बनाई पत्रकारीता गर्ने मञ्जिमा ढकालले सामाजिक न्यायको लागि निरन्तर कलम चलाउदैँ आउनुभएको छ । उहाँले पत्रकारिता क्षेत्रमा दिनुभएको निरन्तरता र योग्दानको कदरस्वरुप प्रेस काउन्सिल नेपालद्धारा, प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ । त्यसै गरीवि.सं २०५२ सालमा प्रजातन्त्र साप्ताहिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नु भएका पत्रकार करुण अर्याल हाल गोरखापत्र दैनिकमा कार्यरत हुनुन्छ । अर्यालको  घटना र विचार,रेडियो नेपाल,समाचार पत्र दैनिक,युवामञ्च,राजधानी दैनिक जस्ता राष्ट्रिय मिडियामा कार्य गरेको अनुभव भएका कारण पुरस्कृत गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ । त्यसै गरी२०६३ सालमा राजधानी दैनिकको संवाददाताको रुपमा आफ्नो पत्रकारिता यात्रा सुरुगर्नु भएको पत्रकार डिलाराम भुसाल हाल बुद्ध दर्पण दैनिक कपिलवस्तुको कार्यकारी सम्पादक तथा नयाँ पत्रिका दैनिकको संवाददाता एवं पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष हुनुहुन्छ । पत्रकार भुसालसँग नेपाल वान टेलिभिजन,नमस्ते रेडियो,देउराली एफएम लगाएतका मिडियामा कार्य गरेको अनुभव  भएका कारण पुरस्कृत गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ । त्यसै गरीवि.सं २०६० सालमा  विराटनगरबाट प्रकाशित हुने दर्शन दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नु भएका पत्रकार अमर खड्का नेपाल पत्रकार महासंघ सुनसरी शाखा अध्यक्ष हुनुहुन्छ । खड्काको गोरखापत्र दैनिक,मकालु टेलिभिजन,जनमत साप्ताहिक  कञ्चनजङघा एफएम, जस्ता दर्जनौँ मिडियामा कार्य गरेको अनुभव भएका कारण पुरस्कृत गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ । त्यसै गरीवि.सं २०५५ सालमा दाङमानौलो जनउभार साप्ताहिकबाट आफ्नो पत्रकारिता यात्रा सुरु गर्नु भएका पत्रकार अजयदीप शर्मा युद्धकालिन समयमा युद्धपत्रकारको रुपमा जनादेश पश्चिमसंस्करणमा सम्पादक सहयोगी,र रेडियो जनगणतन्त्रमा फिल्ड संवाददाताको रुपमा कार्य गर्नु भयोे उहाँ पत्रकार महासंघ दाङको पूर्व उपाध्यक्ष तथा केन्द्रिय सदस्य भईसक्नु भएको छ । पत्रकारिता क्षेत्रमा कठिन परिस्थितिमा पनि उहाँले पु¥याउनु भएको महत्वपूर्ण योग्दानको सम्मान गर्दै प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार बाट  पुरस्कृत गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ । त्यसै गरीवि.सं २०५४ सालदेखी  योजना साप्ताहिकबाट आफ्नो पत्रकारिताको यात्रा सुरु गर्नु भएकीपत्रकार मीना तिवारी घिमिरे हाल ऐक्यबद्धता मासिक र संसार न्युज डटकमको सम्पादक हुनुहुन्छ । उहाँले पत्रकारिताका क्रममा २०५९देखि ५ महिना जेलजीवन समेत व्यतित गर्नु भएका कारण पुरस्कृत गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ ।
प्रेस काउन्सिल नेपालले रु बिसहजाको रासी भएको साहित्यिक पत्रकारिता पुरस्कार पनी घोषणा गरेको यो पुरस्कार पाउँनु हुने माहोमशंकर बास्तोला (अन्तर्बोध साहित्यिक त्रैमासिक सम्पादक÷प्रकाशक) हुनुहुन्छ ।
साहित्यकार तथा पत्रकार होमशंकर बास्तोलाको जन्म २०३१ भदौ २७ गते ओखलढुङ्गा जिल्लाको कुइभिर मा भएको हो । विभिन्न साहित्यिक पत्रिकाहरुमा दुई दशकदेखि प्रकाशक वा सम्पादकको भूमिका निर्वाह  गर्नुका साथै विभिन्न साहित्यिक संघ संस्थामा समेत आवद्ध भई साहित्यिक पत्रकारिताको विकास र संरक्षणका लागि उहाँले दिनुभएको योगदानको कदरस्वरुप प्रेस काउन्सिल नेपालद्धारा प्रेस काउन्सिल साहित्यिक पुरस्कार प्रदान गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ ।त्यसै गरि २०हजार रासी भएको प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार मोहम्मद हसन मियाँले पाउँनु भएको छउर्दू पत्रकारिता र साहित्यको संरक्षण सम्वद्र्धनमा अग्रणी भूमिका निर्वाह गर्नु भएका मोहम्मद हसन मियाँ आज भन्दा ५६ वर्ष अगाडि बसन्तपुर ८, सुनसरीमा जन्मनु भएको हो । नेपालको पहिलो उर्दू भाषाको पत्रिका पैगामको सम्पादकसमेत रहेका हसन विगत २० वर्षदेखि यस क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँले भारतको प्रख्यात अलिगढ मुस्लिम विश्वविद्यालयबाट अरबी र उर्दू भाषामा स्नातत्तोर (एमए) सम्मको अध्ययन गर्नु भएको छ ।नेपालमा उर्दू र अरबी भाषाको सफ्टवेर पत्रिका तथा किताबमाप्रयोगको शुरुवात उहाँले गर्नु भएको हँदा उँहालाइ भायागत पत्रकारतिा बाट पुरस्कृत गरिएको प्रेसकाउन्सिलले  जनाएको छ  ।त्यसै गरि प्रेस काउन्सिलले ९जनालाइ रु. २० हजार नगदबाट  क्रियाशील पत्रकारिता पुरस्कार दिने निर्णय गरेको छ जसमाविश्वमणी सुबेदी, (सुनसरी, हालः काठमाडौँ),बिष्णु प्रसाद शर्मा (दैलेख),हरि जोशी, (कञ्चनपुर),यज्ञप्रसाद शर्मा, (मोरङ)m.बालकृष्ण प्रसाद, (धनुषा, हाल काठमाडौँ), शंकर कार्की, (खोटाङ, हाल कामाडौँ), शिवबहादुर कार्की (मोरङ), सिताराम प्रसाद वर्मा कट्टेल, (धादिङ),नेपाल भुषण न्यौपाने, (गोरखा, हालः काठमाडौँ) रहनु भएको छ । इनरुवा सुनसरी निवासी विश्वमणी सुबेदीले छलफल साप्ताहिकबाट पत्रकारिताको प्रारम्भ गर्नु भएको हो । यस पछि नव आवाज, जनआस्था साप्ताहिक, नयाँपत्रिका दैनिकमा कार्य गर्नु भएको छ । जनधारणा साप्ताहिक, प्रकाश साप्ताहिक, सौर्य साप्ताहिक, छानबिन साप्ताहिक, कलापुञ्ज मासिक मा स्तम्भकारको रुपमा पनि भूमिका निर्वाह गर्नु भएको छ । प्रेस जागरण नेपालका संस्थापक सुबेदी दुई पटक प्रेस चौतारीको केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष पनि भई सक्नु भएको छ । बामदेब गौतम उपप्रधानमन्त्री हुदा २०६५ र २०७० सालमा प्रेस संयोजकको भूमिकामा पनि रहनु भएका कारण  यो प्रस्कार प्रदान गरिएको काउन्सिलले जनाएको छ  ।त्यसै गरी दैलेख जस्तो दुर्गम जिल्लाबाट २०६३ सालदेखि नेपाल टेलिभिजन र २०६४ सालबाट नयाँपत्रिका दैनिकमा हालसम्म नै जिल्ला संवाददाताको रुपमा कार्य गर्दै आउनु भएका बिष्णु प्रसाद शर्मा २०६४ सालदेखि २०६७ सम्म पत्रकार महासंघ दैलेख शाखाको सभापतिको रुपमा पनि जिम्मेवारी पूरा गर्नु भएको छ । उहाँ धमाका दैनिक दैलेखको प्रकाशक सम्पादक पनि  रहनु भएको छ उँहालाइ प्रेसकाउन्सिल नेपालले क्रियाशिल पत्रिकाबाट  पुरस्कृत गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ । त्यसै गरि महेन्द्रनगर १८ कञ्चनपुर निवासी श्री सार्थक साप्ताहिक कञ्चनपुरका सम्पादक हरि जोशी  बि.स. २०६४ देखि २०६७ सम्म नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको सभापति भईसक्नु भएको छ । गढवाल विश्वविद्यालयबाट एमए र कानुनमा स्नातकसम्म अध्ययन गर्नु भएको उँहालाइ प्रेसकाउन्सिल नेपालले क्रियाशिल पत्रिकाबाट  पुरस्कृत गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ ।बिराटनगर ११ जनपथ निवासी यज्ञप्रसाद शर्मा शुभसन्देश डटकमको सम्पादक हुनुहुन्छ । नेपाल समाचारपत्रमा १८ वर्षसम्म कार्य गर्नु भएका शर्मा नेपाल प्रेस इन्स्च्युट र क्षेत्रिय मिडिया स्रोत केन्द्र बिराटनगरमा तालिम विज्ञको रुपमा पनि सहजिकरण गर्दै आइरहनु भएको छ । त्रिविबाट एमबिए गरेका शर्माले डेनिस स्कुल अफ जर्नालिज्मबाट पनि खोज पत्रकारिताको बिषयमा अध्ययन गर्नु भएको छ साथै पुर्वाञ्चल विश्वविद्यालयबाट सन् २०१२ मा पत्रकारितामा स्नातकोत्तर पनि गर्नु भएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाको सभापति हुदै २०५९ सालमा नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष पनि हुनु भयो । सन् २००६ देखि २००८ सम्म प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य भएर पनि पत्रकारिता क्षेत्रमा योगदान गर्नुभएको छ उँहालाइ प्रेसकाउन्सिल नेपालले क्रियाशिल पत्रिकाबाट  पुरस्कृत गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ ।त्यसै गरी जनकपुरधाम निवासी बालकृष्ण प्रसादले २०४० सालदेखि २०४८ सम्म युग सन्देश साप्ताहिक र २०४७ देखि २०४९ सम्म राससमा कार्य गर्नुभएका बालकृष्ण प्रसादले २०४९ सालदेखि नेपाल टेलिभिजनबाट टेलिभिजन पत्रकारिता सुरु गर्नु भई प्रमुख समाचार सम्पादकबाट २०७२ सालमा अवकाश प्राप्त गर्नु भयो । २०७३ देखि २०७५ सम्म माउन्टेन टिभिमा समाचार संयोजक र डेस्क सम्पादकमा पनि कार्य गर्नु भएका बालकृष्ण हाल स्वतन्त्र पत्रकारिता गरिरहनु भएको छ उँहालाइ प्रेसकाउन्सिल नेपालले क्रियाशिल पत्रिकाबाट  पुरस्कृत गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ । त्यसै गरी २०३९ सालदेखि जानकारी साप्ताहिकको प्रकाशन÷सम्पादन गर्दै आउनु भएका शंकर कार्कीको जन्म २०१४ सालमा खोटाङ्गमा भएको हो । २०३६ सालबाट पत्रकारितामा संलग्न कार्की नयाँसन्देश साप्ताहिक, नयाँकिरण साप्ताहिक, प्रतिध्वनी साप्ताहिक, साँघु साप्ताहिक र समिक्षा साप्ताहिकमा पनि विभिन्न समयमा संलग्न रहनु भएका कारण उँहालाइ प्रेसकाउन्सिल नेपालले क्रियाशिल पत्रिकाबाट  पुरस्कृत गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ ।त्यसै गरी२००३ माघ २८ गते शंकरपुर विराटनगर मोरङमा जन्मनुभएका शिवबहादुर कार्की २०१९ सालबाट प्रध्यापन पेशाका साथै वाम राजनीतिमा पनि संलग्न हुनु भई २०२४ सालमा काठमाडौबाट प्रकाशित हुने  एशियाली आवाज र युगसम्वाद पत्रिका मार्फत पत्रकारिताको पनि सुरु गर्नु भयो । २०५८ सालदेखि २०६४ सम्म नेपाल पत्रकार महासंघ मोरङको २ कार्यकाल सभापति हुनु भएका कार्की२०३६,२०४६ र ०६२÷६३ सालमा भएका विद्यार्थी तथा जनआन्दोलनका क्रममा पटक पटक जेल जीवन व्यतित गर्नु भयो । विभिन्न सामाजिक क्रियाकलापमा संलग्न कार्कीले विभिन्न पुरस्कार तथा सम्मान पाउनुका साथै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पनि प्राप्त गर्नु भएको छ उँहालाइ प्रेसकाउन्सिल नेपालले क्रियाशिल पत्रिकाबाट  पुरस्कृत गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ ।त्यसै गरी निलकण्ठ नगरपालिका वडा नं. ३ पुछारबजार, धादिङ निवासी सिताराम प्रसाद वर्मा कट्टेलको जन्म १९९९ असोज १९ गते भएको हो । २०५० साल बैशाख १ गतेबाट हालसम्म राष्ट्रिय समाचार समिति (रासस) को धादिङ समाचारदातामा कार्यरत वर्मा रासस संगै कान्तिपुर,गोरखापत्र, स्पेश टाइम्स दैनिक, च्यानल नेपाल टेलिभिजन, घटना र बिचार साप्ताहिकको जिल्ला संवाददाता भएरपनि काम गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ धादिङ शाखाको संस्थापक सभापति भई ४ पटकसम्म शाखालाई नेतृत्व दिनु भएका वर्मा धादिङमा हिमाल साप्ताहिक पत्रिका पत्रिकाका प्रकाशक÷सम्पादक हुनुहुन्छ । उँहालाइ प्रेसकाउन्सिल नेपालले क्रियाशिल पत्रिकाबाट  पुरस्कृत गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ ।   त्यसै गरी २०२७ सालदेखि सम्पादकको भूमिकामा रहनु भएका न्यौपाने हाल चर्चा साप्ताहिकका सम्पाक हुनुहुन्छ । न्यौपानेको जन्म २००२ साल माघ २२ गते बाबु सोरबहादुर न्यौपाने र आमा राधादेवी न्यौपानेको कोखबाट गोरखाको पालुङटार नगरपालिका न्यौपाने खोलामा भएको हो । स्नातकसममको अध्ययन गरेका न्यौपाने हाल काठमाडौ महानगरपालिका १६ म्हैपीमा बस्नु हुन्छ । उँहालाइ प्रेसकाउन्सिल नेपालले क्रियाशिल पत्रिकाबाट  पुरस्कृत गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ ।रु.५० हजारनगद सहित प्रेस काउन्सिल आचारसंहिता पुरस्कार दैनिक नेपालगन्ज बाँके (प्रकाशक÷सम्पादक झलक गैरेले पाउँनु भएको छ उँहा ले २०५४ सालमा प्रकाशन शुभारम्भ गरेको  दैनिक नेपालगन्ज पत्रिका २०६८ भदौ १९ गतेबाट निरन्तर रुपमा प्रकाशित हुदैं आएको छ । पत्रकार झलक गैरेद्धारा सम्पादित दैनिक नेपालगन्ज पत्रिकाले पत्रकार आचारसंहिता पुर्ण रुपमा पालना गर्दै पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको देखिएकाले प्रेस काउन्सिल नेपालद्धारा, प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार २०७६ प्रदान गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ। त्यसै गरि लाख ५ हजार नगद सहित प्रेस काउन्सिल सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कार सिन्धुलिमा जन्मनुभएका डा.सुरेशआचार्य लाइ दिने निर्णय गरेको छ । २०४३ साल देखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ । उहाँ नेपाल पत्रकारमहासंघ केन्द्रिय समितिको सभापति र न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष समेत भईसक्नुभएको छ । छापा, रेडियो र टेलिभिज सञ्चारमाध्यमहरुमा राम्रो दखल राख्ने डा. आचार्यले पत्रकारिता क्षेत्रमा दुइ दशक भन्दा बढि समय विताइसक्नुभएको छ । पत्रकारिता क्षेत्रमा उहाँले दिनुभएको योग्दानको कदरस्वरुप प्रेस काउन्सिलद्धारा प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार प्रदान गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ त्यसै गरि प्रेस काउन्सिल गोपालदास पत्रकारित पु्रस्कार रु १ लाख ५१ हजार  नगद सहित गोविन्दबहादुर थापा, गुल्मी हाल काठमाडौँ)  हात पार्नु भएको छ । बरिष्ठ पत्रकार गोविन्दबहादुर थापाको जन्म २००४ साल असोज १३ गते गुल्मी जिल्लामा भएको हो । समाजशास्त्र र राजनीतिशास्त्रमा एम.ए. सम्मको अध्ययन गर्नुभएका थापाले पत्रकारिताको क्षेत्रमा तिन दशक भन्दा बढी समय बिताइसक्नुभएको छ । पत्रकार थापाले विभिन्न पत्रपत्रिकाहरुमा महत्वपुर्ण जिम्मेवारी वहन गर्दै आउनुभएको छ । इं.स. १९८२ देखि १९९२ सम्म भारतबाट प्रकाशित हुने मासिक पत्रिका “नेपाली एकता” मा सम्पादक भई काम गर्नुभयो  र हाल आफ्नै स्वामित्वमा रहेको हाँक साप्ताहिकमा प्रकाशक÷सम्पादकको भूमिका निर्वाह गर्दै आउनुभएकाथापालाइ  प्रेस काउन्सिलद्धारा हरेक बर्ष प्रदान गरिने गोपालदास पत्रकारिता पुरस्कारद्धारा पुरस्कृत गरिएको प्रेसकाउन्सिल नेपालले जनाएको छ ।











, ,