वृक्षरोपण कार्यक्रम सहित प्रदेश, नगर र गाउपालिको सभापति चयन


रूपक पुरी
लोकप्रिय समाचार
विपि कोइरालाको १ सय ६औँ जन्म जयन्तीको अवसर पारेर नेपाली काँग्रेसले सिन्धुपाल्चोकमा मङ्गलबारवृक्षारोपण  कार्यक्रम गरेको छ ।

 निर्वाचन क्षेत्र नम्बर १ र २ का प्रदेश सभा क र ख मा वृक्षारोपण कार्यक्रम गरिएको  जिल्ला सभापति विकास लामाले जानकारि दिनुभयो ।
वृक्षारोपण  कार्यक्रम  पछि केद्रिय समितिले दियको निर्देशन अनुसार प्रदेश , नगर र गाउपालिका सभापति  सर्वसम्मत  चयन गरिएको छ ।
क्षेत्र नम्बर १अन्तर्गत  प्रदेश १ को क मा विदुर पराजुलि, ख मा देवेन्द्र खड्का सभापतिमा सर्वसहमत चयन हुनुभएको  छ । त्यसैगरि क्षेत्र  नम्बर  २ मा प्रदेश क मा टँक कार्कि र ख मा रामबावु लुईटेल निर्वा्चित भएका छन् । चौतारा साँगाचोकगडि नगरपालिकामा यज्ञप्रसाद दँगाल, मेलम्ची नगरपालिकामा मधुसुदन सिग्देल , ईन्द्रावति गाउपालिकामा फुर्वा स्याङ्वो ,हेलम्वु गाउँपालिकामा विजयसिँह तामाङ  र पाँचपोखरि थाङपाल गाउँपालिकामा उत्तरध्वज खत्रि सर्वसहमत सभापतिमा निर्वा्चित भएको  केद्रवाट खटिआएका निर्वाचन प्रतिनिधि हरि कार्किले वताउनुभयो । सँघ, प्रदेश र स्थानिय तहको नेतृत्व समायोजन गर्ने क्रममा उक्त  सभापतिहरूको चयन गरिएको केन्द्रीय  प्रतिनिधि प्रभात लामाले जानकारि दिनुभयो ।

, , , ,