सन्तोष भण्डारी
लोकप्रिय समाचार
सरकारले दशैँ, तिहार, छठ सहितका चाडपर्वलाई लक्षित गरेर आगामी भदौ २३ गतेबाट काठमाडौंको विभिन्न ठाँउमा सुपथ मूल्य पसल संचालनमा ल्याउने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैं, तिहार, छठ पर्व जस्ता चाडपर्वलाई लक्षित गरेर यही भाद्र २३ गतेबाट सुपथ मूल्य पसल संचालनमा ल्याउन लगेको हो । शुक्रबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै विभागमा महानिर्देशक योगेन्द्र गौचनले साल्ट ट्रडिङ कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले एकीकृत रुपमा सो सुपथ पसल संचालन गर्ने निर्णय गरिएको पनि बताउनु भयो । सुपथ पसल संचालनका लागि सरकारले आवश्यक बजेटको पनि व्यवस्था गरिसकेको छ । विभागले यस वर्ष खसी, बोकाको मासुमा प्रतिकेजी १० रुपैयाँका दरले छुट दिने र त्यसैगरी चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिने व्यवस्था पनि सुपथ पसलहरु मार्फत गर्न लागिएको विभागका महानिर्देशक गौचनले जानकारी दिनु भयो। विभागले चाडपर्वका बेला काला बजारी हुन नदिन बजार अनुगमनको कामलाई तीव्रता दिइएको छ ।
भदौ २३ देखि सुपथ मूल्य पसल उपभोग्य सामानमा छुट
[email protected] Powered by Blogger.
