ट््रान्सपरेन्सीको पुर्ननिर्माण सम्बन्धी छलफल कार्यक्रम


राधिका गिरी
लोकप्रिय समाचार
ट्रन्सपरेन्सी इन्टरनेसनल
नेपालले भुकम्प पछिका पुननिर्माणमा निति, प्रगति र चुनौतिका बारेमा सबै सरोकारवालाहरु बिच बिहीबार छलफल कार्यक्रम गरेको छ । ट्रन्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीको सभापतित्वमा जिल्ला समन्वय समितिको सभा हलमा भएको कार्यक्रममा भुकम्प पछि थुप्रै घर भवन र बिभिन्न संरचनाहरु निमार्ण भएका तर सरकारको निति नियममा भने धेरै जसो मापदण्डमा नरहेको पाइएको सरोकारहरुले बताएका छन् ।
भुकम्प अघि गणनामा परेका घरधुरीका आधारमा भुकम्प पश्चातको घरधुरीको संख्या बढ्दो रुपमा पाइएको छ। लाभग्राहीको संख्या वृद्धिले गर्दा सच्चा लाभगा्रहीले समेत आफुले पाउनुपर्ने हक अधिकारबाट वञ्चित हुनुपरेको समस्या आएको अध्यक्ष रेग्मीले बताउनु भयो ।
पैसाका लोभले आफ्ना बाबु आमा, दाजुभाई संग छुटिएर बसेका लाभग्राही को संख्या वृद्धिको कारण पुननिर्माणमा ढिला सुस्ती ल्याएको छ किनकी यसको कारण वास्तविक लाभग्राहीलाई समेत सेवा सुविधा बाट वञ्चित गराउन परेको उहाँले जानकारी दिनु भयो विभिन्न ल्न्इ ,क्ष्ल्न्इ को सहायतामा निर्माण भएका विद्यालय, संघसस्था, शौचालय आदी संरचनाहरु पनि कतिपय स्थानमा लाभग्राही आफैले मापदण्डको सिमा मिच्ने जानी जानि कानुन को शासन उल्लङ्घन गर्ने समस्या बढिरहेको बताउनु भयो। यसका कारण भ्रष्टचार बढेको छ । जनप्रतिनिधिले निमार्ण गरेको निति नियम मर्यादित रुपले कार्यान्वयन गर्ने अनुदान लिने रुपले मात्र भवन निमार्ण नगर्ने आग्रह गर्नु भयो ।
पालिकाका प्रमुख अमानसिंह तामाङले वास्तविक लाभग्राही छानविन गरी सेवा पाउनुपर्नेलाई अनुदान दिन सबै जनप्रतिनिधिलाई अनुरोध गरिइसकेको र सोही अनुसार काम भइरहेको जानकारी दिनु भयो । नगरपालिकामा ९१ प्रतिशत पुननिर्माण भईसकेको र बाँकी ९ प्रतिशत विभिन्न समस्याका कारण ढिला सुस्ती भएको बताउनु हुँदै भुकम्प पिडित लाभग्राहीको समस्याको बारेमा जनप्रतिनिधिहरु जानकार रहेकोले वास्तविक लाभग्राही नछुट्ने समेत विश्वास व्यक्त गर्नुभयो । प्रदेश नं ३ का प्रदेश सभासदस्य सरेश नेपालले प्राविधिज्ञ रुपमा र संरचना को फोटो खिच्ने प्रविधिले  पनि सच्चा लाभग्राही चिन्नका लागि समस्या परेको छ । किनकी एक घरको व्यक्ति अरु घरको फोटोमा देखिएमा सेवा सुविधाबाट वञ्चित गराउने जस्ता समस्या आएको बताउनु भयो । आलो माटोमा घर निमार्ण गर्दा तत्कालै नष्ट हुने आवास निमार्ण गर्न नसक्दा बासिन्दाहरु अन्यत्र बसोबास गर्ने विदेशिन बाध्य हुनु परेको समस्या समेत रहेको उहाँले बताउनु भयो । कार्यक्रममा पुर्ननिर्माण सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको ट््रान्सपरेन्सी इन्टरनेसनल नेपाल जिल्ला शाखाका संयोजक उमेश विश्वकर्माले बताउनु भयो ।


,