मेलम्चीमा निषेधित क्षेत्र घोषणा


लोकप्रिय समाचार
मेलम्ची खानेपानी आयोजनाको सुरुङ्गको गेटमा शान्तिपूर्ण धर्नामा बसेका सियमसि पिडितहरुको आन्दोलनलाई दवाउन जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको छ । सिएमसिवाट लिनुपर्ने बाँकी रकम भुक्तानीको माग  गर्दै  प्रदर्शनमा  रहेकाहरु बाट मेलम्ची खानेपानी आयोजनाको कार्यालय, मुहान र सुरुङ्ग एरियामा हुलदँगा र अशान्ति हुने सम्भावना देखिएको भन्दै  निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क बमोजिम २१ गतेबाट दिनको १० बजेदेखि ५ बजेसम्मको लागि अर्को व्यवस्था नभएसम्म निषेधित क्षेत्र लागू हुने बताईएको छ । यो नियम अम्वाथान, खानेपानी साईट कार्यालय, ग्याल्थुम सुरुङ र सिन्धु सुरुङ जाने वाटोमा लागू हुने विज्ञप्तिमा भनिएको छ ।आन्दोलन गर्दै आएका सिएमसि पिडितहरूको संयोजक विष्णुमणि आचार्यले निषेधित क्षेत्र घोषणा गर्नु गलत कदम भएको बताउनु भयो । साथै माग पूरा नभएसम्म आन्दोलन जारी रहने समेत बताउनुभयो ।
   

,