चौतारा र खाडिचौरमा काङ्ग्रेसको शक्ति प्रदर्शन
रूपक पुरी
लोकप्रिय समाचार
नेपाली काङ्ग्रेसले दोस्रो जागरण अभियानको अन्तिम दिन सिन्धुपाल्चोकको चौतारा र खाडिचौर वजारमा विरोध प्रदर्शन गरेको छ । दोस्रो चरणको जागरण अभियान अन्तर्गत दुवै निर्वाचन क्षेत्रमा सरकार विरूद्ध सभा गरेको छ । चौतारामा भएको सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सरकार असफल हुँदा व्यवस्था विरोधी तत्वसमेत सल्वलाईरहेको बताउनुभयो ।
विरोध सभामा प्रदेशमा खटिएका केन्द्रीय प्रतिनिधि प्रदिप आचार्य, प्रताप लामा, जिल्ला सभापति विकास लामा लगायतले मन्तव्य राख्नुभएको थियो । चौताराको प्रेस चोकबाट निस्किएको विरोध ¥याली टँुडिखेलमा पुगेर विरोध सभामा परिणत भएको थियो । खाडिचौरमा आयोजित विरोध सभामा बोल्दै काङ्ग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सरकार गफमै अल्मलिरहेको बताउँदै भ्रष्टाचार र दण्डहीनता बढेको भन्दै सरकारले जनतालाई महङ्गीको मारमा पार्दै कर मात्रै थोपरिरहेको बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय प्रदेश प्रतिनिधि मिनकृष्ण महर्जन लगायत जिल्ला र क्षेत्र तहका नेता कार्यकर्ता सहभागी भएका थिए ।