खुला गरियो नदिजन्य पदार्थ निकाल्न

रूपक पुरी
लोकप्रिय समाचार
सिन्धुपाल्चोकका नदिहरूमा नदिजन्य पदार्थ निकाल्न खुला गरिएको छ। सुनकोशी र ईन्द्रावतीबाट असार, साउन र भदौ तीन महिनाको लागि स्थानीय निकायले रोक लगाएका थिए । वर्षा महिना सकिएसँगै प्रदेश सरकारले बनाएको मापदण्ड र कार्यविधि अनुसार नदिजन्य पदार्थ निकाल्न खुला गरिएको ईन्द्रावति गाउँपालिका प्रमुख वंशलाल तामाङले जानकारी दिनुभयो  । मेलम्ची, चौतारा साँगाचोक गढि नगरपालिका, ईन्द्रावती, बलेफी र सुनकोशी गाउँ पालिकाको मुख्य आम्द ानीको स्रोत नदिजन्य पदार्थ नै रहेको छ । गत आर्थिक वर्षमा मेलम्ची नगरपालिाले २८ करोड ४ लाख रूपैयाँ राजश्व संकलन गरेको थियो ।

, ,