कार्यक्रम सफल पार्न अनुरोध

 
लोकप्रिय समाचार       
सिन्धुपाल्चोक जिल्लालाई भाद्र २० गते एक भव्य समारोका बिच खानेपानी मन्त्री विना मगरको प्रमुख अतिथ्यतामा खुल्ला दिसामुक्त जिल्ला घोषणा हने भएको छ ।
जिल्लाको ३ नगरपालिका र ९ गाँउपालिका गरी  १२ वटा पालिकामा खुल्ला दिसामुक्त पालिका घोषणा भइसकेपछी जिल्लालाई घोषणा गर्ने योजना रहेको छ ।
यसको तयारी अन्तिम चरणमा पुगेको छ भने चौतारा साँगाचोकगढी नगरपालिकालाई खुल्ला दिसामुक्त नगर घोषणा गर्न बाँकी रहेको भएता पनि २० गते अगावै घोषणा गर्ने कार्यक्रम रहेको छ। यसै बिच निर्वाचित वडा अध्यक्ष हरुको साझा सङ्गठनको रुपमा स्थपना भएको वडाअध्यक्ष समाजको बैठकले  विभिन्न निर्णयहरु गरेको छ ।
शनिबार  सिन्धुपाल्चोक जिल्ला सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी  नगरपालिकाका वडा नं १३ का वडा अध्यक्ष समेत रहनु भएका समाजका अध्यक्ष रामप्रसाद गौतमका अध्यक्षतामा होटल जुगलमा बसेको बैठकले सिन्धुपाल्चोक जिल्लालाई यहि भाद्र २० गते हुने खुला दिसामुक्त  जिल्ला  घोषणा  गर्ने कार्यक्रम लाई भव्य रुपले सफल पार्नका लागि  सबै ले आआफ्नो  क्षेत्रबाट गर्न पर्ने सहयोग गर्ने गराउने लगायत विभिन्न  निर्णय गरेको  समाजका सचिव सुकदेव रिसालले जानकारी गराउनु भएको छ । साथै उँहाले उक्त कार्यक्रम भव्य र सभ्यका साथ सफल पार्न सबैमा अनुरोध गर्नु भएको छ ।


,