मेलम्चीमा काँग्रेसको जनजागरण कार्यक्रम
रूपक पुरी
लोकप्रिय समाचार
हिमाल, पहाड , तराई,मधेस नेपाली काँग्रेसको दोस्रो चरणको जनजागरण कार्यक्रम अन्तगर्त मेलम्ची नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला सभापति विकास लामाले जिल्ला कार्यसमितिको भावि रणनीतिका बारेमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस सिन्धुपाल्चोकका वरिष्ठ नेता राजेन्द्रमान ताल्चाभडेल, जिल्ला सचिव विलवहादुर तामाङ, क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश ख का सभापति रामवाबु लुईटेल , मेलम्ची नगरपालिका ९ का वडाअध्यक्ष कमलवहादुर खड्का , १० का वडाअध्यक्ष भक्तवहादुर खड्का लगायतले जागरण कार्यक्रममा आआफ्नो भनाइ राख्नुभएको थियो । क्षत्रिय सभापति आईतमान तामाङले जनजागरण कार्यक्रमको अैचित्यवारे प्रष्ट पारेको कार्यक्रमको सभापतित्व मेलम्ची नगर सभापति मधुसुदन सिग्देलले गर्नुभएको थियो ।