सिन्धुपाल्चोकको दुई विद्यालय नमुना छनौट


लोकप्रिय समाचार
३ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सिन्धुपाल्चोकको दुई विद्यालयलाई नमुना विद्यालयको रूपमा छनौट गरेको छ । नमुना विद्यालयमा मेलम्ची नगरपालिकाको ईन्द्रेश्वरि माध्यमिक विद्यालय र चौतारा साँगाचोकगढि नगरपालिका सानोसिरूवारीको सिद्धिगणेश मावि छनौट भएका हुन् ।
जिल्लागत रूपमा भएको सिफारिस र मापदण्ड पूरा गरी उच्च अङ्क हासिल गरेको आधारमा नमुना विद्यालयको रूपमा ३ नम्बर  सामाजिक विकास मन्त्रालयले छनौट गरेको हो । यो सँगै ३ नम्बर प्रदेशका २० सामुदायिक विद्यालयलाई नमुना विद्यालय छनौट गरिएको छ ।

, ,