गौ हत्याको सर्वत्र विरोध


लोकप्रियसमाचार हालै सुर्खेतमा सयौं संख्यामा गाई तथा गोवंशको र्मत्यु भउको बारेका  विषयलाई लिएर देशका विभिन्न ठाऊहरुमा विरोध भइरहको छ । विरोध गर्नेहरुले सुनियोजित ढङ्गबाट हत्या गरिएको आरोप लगाएका छन् । नेपालगञ्ज, चितवन, पोखरा, काठमाडौं, नवलपरासी, रुपन्देही, सुर्खेतलगायतका धेरै ठाऊहरुमा यस प्रकारको कार्यको घोरभर्तसना गर्दै कतै नाराजुलुस् गर्ने, कतै प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने कामहरु भइरहेका छन् ।
यसै क्रममा गौ संरक्षणका अभियन्ता ज्यो.पं. वैद्यराज दीपक सुवेदीले एक भिजिओल विज्ञप्तिमार्फत यस प्रकारको गोवंशको कार्यले आफूलाई आहत बनाएको बताउँनु भएको छ । चितवनबाट योगी नरहरिनाथ वागीश्वरी गौशाला तथा देवघाट विकास समितिका पूर्व अध्यक्ष टंकनाथ पौडेलले गौ हत्याको बिरोधमा प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र दिने र बिरोध सभा गर्ने कार्यक्रमहरु भइरहको बताउँनु भएको छ ।     
गोवंशको हत्याको धार्मिक संघसंस्था, सामाजिक संघसंस्था, प्राणी हितको पक्षमा आवाज उठाउने निकायहरुले बिरोध गरिरहेका छन् । केही वर्षदेखि देशका विभिन्न स्थानमा सुनियोजित रुपमा गाई गोरु तथा बाच्छाबाच्छीको हत्या हुने कार्य बढ्दै गएको छ । यही कुरालाई दर्शाउँदै गौ संरक्षणका अभियन्ता दीपक सुवेदीले आफ्नो अभिव्यक्तिमा  सामान्य जीवजन्तुको पनि संरक्षण हुनुपर्छ भन्ने विश्वव्यापि मान्यता र अभियान चलिरहेको अवस्थामा गोवंशको यसरी षड्यन्त्रपूर्वक नियोजित तरिकाबाट हत्या गरिनु मानवसभ्यता एवं राज्यकै उपहास भएको बताएका छन् ।
गोवंशको हत्याको सानो बिरोधले सरोकारवाला तथा  सरकारले नसुन्ने हुनाले विगतका वर्षमा झै ससानो स्वरुपको विरोधबाजी गरेर मात्रै यो समस्या नसुल्झिने बताउँदै सुवेदीले गोवंशको संरक्षणको लागि विशेष कार्ययोजना हुनु पर्ने बताउँनुएको छ। गोक्षेत्रलाई उचित तरिकाले व्यवस्थापन गर्ने दिशामा नजाने हो भने प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभन्नि बहानाबाजी गरी गाईवस्तुको हत्या गर्ने गराउने क्रम बढ्दै जाने विगतदेखि अहिलेसम्मको घटनाले स्पष्ट देखाइसकेको छ । यस्ता गतिविधिले राज्यका निकायहरुले गाईवस्तुको सहज व्यवस्थापनको उपाय अहीलेसम्म नभेट्टाएको बुझाउँछ । अझैपनि गोक्षेत्रको व्यवस्थापनको सहज उपाय निस्केन भने त्यसपछिको स्थिति अझ कति भयावह हुने हो सबैले सोँच्न पर्ने देखिन्छ । गाई तथा गोवंशप्रति रहँदै आएको आस्था तथा श्रद्धामाथि आँच आउने खालका कामहरु नहुन् भन्ने चाहने हो भने गोप्रेमि पक्षबाट पनि उचित उपाय दिनसक्नु पर्छ सुबेदीको भनाइ रहेको छ ।

,