अलैँची खेतीः लगानी कम बढी उत्पादन


रूपक पुरी
लोकप्रिय समाचार
परम्परागत खेती गर्दै आएका मेलम्ची क्षेत्रका किसानहरूले विगत केही वर्ष देखि व्यावसायिक रूपमा अलैंची खेती गर्न थालेका छन्  ।कम लागतमा बढि उत्पादन लिन सकिने यो खेती मेलम्ची क्षेत्रमा लोकप्रिय हुँदै गईरहेको छ । किसानहरूले अलैंचीबाट प्रशस्त आम्दानी गर्न सफल भएपछि तालामाराङ, ग्याल्थुम, शिखरपुर, ज्यामिरे, लागर्चे र हेलम्बुमा व्यासायिक रूपमा अलैंची खेती सुरु गरिएको छ ।अलैंचीको लागि उपयुक्त भू–वनोट ओसिलो जमिन, प्रशस्त मात्रामा छहारी युक्त रूखहरू र भिरालो जमिन चाहिने भएकोले यसको उत्पादन राम्रो रहेको अलैंची खेती गर्दै आएका शिखरपुरका शङ्कर खनाल बताउनुहुन्छ ।केही वर्ष अघि सम्म नजिकको वजारबाट अलैंची किनेर खाने मेलम्ची नगरपालिका ९ ज्यामिरेका विनोद गिरीले आफ्नै जमिनमा अलैंची खेती सुरु गरे पछि घरपरिवारको खर्च टर्न थालेको बताउनुहुन्छ। उहाँको अनुसार खान, लाउन मात्रै होईन मिहेनत र लगनशीलता भए पैसा कमाउन विदेश नै जानुपर्ने रहेनछ। एक किलो अलैंची १५ सय रूपैयाँ सम्ममा बिक्री भएकोमा अहिले घटेर ६ सयमा आउँदा भने दुःख लागेको गिरीले बताउनुभयो  ।बिहान झिसमिसे देखि नै अलैंची सार्नमा व्यस्त रहने हेलम्बुका सितार लामाको जमिनमा  पनि अलैंची लहलह छ । लामाले अलैंचीबाट वार्षिक ५ लाख कमाउन थाल्नुभएको छ । उहाँको  अनुसार अहिले अलैंची आम्दानीको प्रमुख  स्रोत भएको छ ।

, , , , , ,