उज्यालो सहकारीले ग¥यो एघाराँै साधारणसभा


लोकप्रिय समाचार
उज्यालो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो एघाराँै साधारण सभा सम्पन्न गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङ्गको प्रमुख आतिथ्यतामा साधारण  सभा सम्पन्न भएको हो । चौतारा क्याम्पसमा भएको कार्यक्रममा संस्थाका शेयर सदस्यहरुको उपस्थिती रहेको थियो। कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथी नगर प्रमुख तामाङ्गले उज्यालो साँच्चिकै उज्यालो हो । यो सहकारीले नगरका नागरिकहरुलाई बचत गर्ने बानी बसाल्दै उघोग तथा आत्मा निर्भताका लागी उत्पादनमुलक काममा लगानी गरेर नागरिकहरुको आयस्तस वृद्धी गरेको कारण नगरका नागरिकको भविष्यलाई उज्यालो तर्फ लाने काम गरेर साँच्चिकै उज्यालो व्यवहारमा देखाएकोमा विशेष धन्यवाद दिदै प्रमुख तामाङले उज्यालो सहकारीले समाजमा उल्लेख्य योगदान गरेको उल्लेख  गर्नु भयो । उँहाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने बताउनुभयो । संस्थाका उपाध्यक्ष टंक कार्कीकोे सभापतित्वमा सम्पन्न सभामा संस्थाका कोषाध्यक्ष ललित रानाले आर्थिक तथा वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन जनाइए अनुसार संस्थाकोे आर्थिक वर्ष ०७५।०७६ मा ३ करोड २० लाख ७५ हजार २ सय  रुपैंया शेयर पूँजी पुगेको जनाइएको छ । सहकारीले १६ सय ६ सेयर सदस्यबाट अनिवार्य मासिक बचत, विभिन्न कोषमा रहेको जगेडा कोषहरु, दैनिक बचत, बाल बचत, मुद्दती बचत र साधरण बचत मार्फत संकलित पँुजीको परिचालन सगै युवा स्वरोजगार कार्यक्रमबाट समेत गरी १५ करोड ९३ लाख ६ हजार ८ सय ७९ रुपैंया कर्जा लगानी गरी यो वर्ष १३ लाख ४४ हजार ३ सय ६ रुपैंया खुद आम्दानी गरेको  सभामा जानकारी गराइएको छ । गत आर्थिक वर्ष ०७४।७५ मा  सहकारीले ६ लाख ४ हजार ९ सय ४ रुपैंया खुद आम्दानी गरेको जानकारी दिनु भयो । साधारण सभाले आर्थिक वर्ष ०७५।७६ मा प्रति शेयर सदस्यको शौचालय निमार्ण मर्मत बापत रु ४ हजार ५ सय उपलग्ध गराउने निर्णयको अनुमोदन समेत गरेको छ ।साधारण सभाको अवसरमा कार्यक्रमका विशेष अतिथी पुर्व सांसद कृष्ण राज श्रेष्ठ, चौतारा बहुमुखी क्याम्पसका प्रमुख नगेन्द्र प्रसाद दंगाल, नेकपाका नेता सोम सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। सभाको समापन गर्दै सभाध्यक्ष टङ्क कार्कीले सहकारी सस्ंथाले आगामी दिनमा अझ  प्रभावकारी ढङ्गले अगाडी बढ्ने बताउनु भयो ।

, , , , , , ,