करेन्ट लागेर एकको मृत्यु


रूपक पुरी
लोकप्रिय समाचार
भोटेकोशी गाउँपालिका ४ हिन्दिमा करेन्ट लागेर बुधवार ६० वर्षिय गोरे श्रेष्ठको मृत्यु भएको  छ ।

छिमेकी रूक्मिणी कार्कीको भुकम्पले भत्काएको २ तले घरको छतमा रहेको पानी ट्याँकी राख्ने स्ट्याण्ड झिक्ने क्रममा  करेन्ट लागेको प्रहरीले वताएको छ । स्ट्याण्डलाई फलामको भर्याङवाट तल झार्ने क्रममा नजिकैको र्थिफेज लाईनमा छोएपछि करेन्ट लागेर गोरे घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले बताउनुभयो । डिएसपी काफ्लेका अनुसार घाइते गोलेलाई प्राथमिक स्वास्थ्य केन्द्र वार्हविसेमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।


,